वि.सं.   सोमवार, फाल्गुन ७, २०७४   तदनुसार  19 February 2018

बगनाहामा एक दिने आँखा तथा कान शिविर सम्पन्न

        सौगात श्रेष्ठ   |   प्रकाशित मिति: शनिबार, माघ १५, २०७३ ।    

बगनाहा, बर्दिया ।
किसान कमैया कल्याण बचचत तथा ऋण सहकारी सस्था लिमिटेडको आयोजनामा शनिबार बबई नगरपालिका–८, बनकट्टीमा एक दिने आँखा तथा कान शिविर सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष नवराज ढुगांनाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी बबई नगरपालिकाका कार्यकारी अधिकृत पितृभतm गिरी विशिष्ठ अतिथी रेडक्रस जिलला शाखा बर्दियाका सभापती कृष्ण गौतम, बगना नेउलापुर हेल्थपोहा स्रोत केन्द्रका स्रोत ब्यक्ती नन्दराम अधिकारी रहनुभएको थियो ।

शिविरमा आँखा उपचार केन्द्र गुलरियाका प्रमुख हरी के.सी. र कान उपचार केन्द्र गुलरियाका प्रमुख दिपक बि.सी.ले आँखा तथा कान चेकजाँच गर्नु भएको छ । आयोजित कार्यक्रममा ३५५ जनाको चेक जाँच गरिएको आयोजकले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्: