वि.सं.   मङ्लबार, कार्तिक २७, २०७५   तदनुसार  13 November 2018

बंबई शिशु मन्दिर नि.मा.वि. को २७औ बार्षिक उत्सव कार्यक्रम सम्पन्न

          |   प्रकाशित मिति: सोमवार, माघ १२, २०७१ ।    
सुमन खनाल, बर्दिया, माघ १२
बंबई शिशु मन्दिर निम्नमाध्यमिक विद्यालय बगनाहा २ वर्गदा को २७औ बार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रम शिक्षक अशोककुमार आचार्यको स्वागत मन्तव्य संगै सुरु भएको थियोे । विद्यालय व्यवस्थापन समिति का अध्यक्ष गगन सिह भण्डारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि बगनाहा श्रोत केन्दका श्रोतव्यक्ति मदन ज्ञवाली रहनु भएको थियोे । विभिन्न विद्यालयका प्रतिनिधि, अभिभावक, संघसंस्थाका प्रतिनिधीको उपस्थिति रहेको थियो । 
प्रमुख अतिथिले पानसमा दिप प्रज्वलित गर्दै व्यानर वाचन गरेर कार्यक्रम उत्घाटन गर्नु भएको थियो । कार्यक्रममा प्र.अ. नारायण अधिकारीले  विद्यालय प्रतिवेदन पेश गर्नुको साथै प्रमुख अथिति र सभापतिबाट भित्तेपत्रिका, विद्यार्थी स्मारिकाको विमोचन पनि गरिएको थियो । कार्यक्रममा विद्यार्थीले सास्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए ।
News &Views
प्रतिक्रिया दिनुहोस्: