वि.सं.   सोमवार, कार्तिक ५, २०७५   तदनुसार  22 October 2018

फागुनको पहिलो साताबाट राजापुरबासीले लालपुर्जा पाउने

        मीन प्रसाद अधिकारी   |   प्रकाशित मिति: मङ्लबार, माघ १६, २०७४ ।    

राजापुर, बर्दिया।
एक कार्यक्रममा बोल्दै भुमी सुधार मन्त्री गोपाल दहितले फागुनको पहिलो साताबाट राजापुरबासीले लालपुर्जा पाउने पक्का भएको बताएका छन । बर्दियाको राजापुर क्षेत्रलाई नमुना समुन्नत र समृद्ध सहर बनाउन लागि पर्ने भन्दै राजापुर वजारलाई स्मार्ट सिटीको कुरा उठिरहदा राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका ११ गाविसलाई समुन्नत र समृद्ध बनाउने सुरुवात राजापुर वजार दर्ता प्रक्रियाबाट भई सकेको भुमी सुधार मन्त्री गोपाल दहितले बताए । राजापुर क्षेत्रका जनताहरुले वजार दर्ता प्रक्रियाको वारेमा कुनै शंका नगर्न आग्रह गर्दै लामो समयसम्म जग्गा दर्ता प्रक्रिया ५०/६० वर्ष देखि अन्योलमा रहेको वजार दर्ता प्रक्रियाका लागि धेरै आरोह अवरोह समाधान गर्दै मन्त्री परिषदको निर्णय राजपत्रमा प्रकाशित गरी छिटो भन्दा छिटो लालपूजा वितरण गर्न लागि परेको मन्त्री दहितले बताए ।


फागुनको पहिलो सातामा पहिलो चरणवाट वितरण गरिने र एकै पटक वितरण गर्न सम्भव नभएकाले चरणवद्ध तरिकाले चैत्र मसान्त सम्म जग्गाधनी पूर्जा वितरणको योजना रहेको बताए । राजापुर वजारमा कतिपय नगरिकहरुको नगरिकताको मुद्दा चलिरहेको र नाप जोखमा २/४ कठ्ठा अघिपछि हुन सक्ने सम्भावना रहेकाले त्यसलाई सहजै स्विकार गरी कुनै व्यक्ति समुदायको प्रतिष्ठामा नजोडेर सहयोग गर्न उनले आग्रह गरे । आफु भूमि सुधार मन्त्री हुदाँ तीन वटा महत्वपूर्ण प्रतिवद्धता पुरा गरेको वताउदै बर्दिया सहित ३२ जिल्लामा भूमि हिन सुकुम्वासी आयोग गठन गरी उनीहरुलाई जग्गाधनी पूर्जा दिन वाटो खोलि काम अगाडि वढेकाले अव कोहि पनि सुकुम्वासी नरहने दावी गरे । गत निर्वाचनमा आफुले चुनाव नजिते पनि ३६ हजार भन्दा वढी मत पाएर राजनितिक हैसियत बनाएको र चुनाव हारेर आफु दुःखी नभएको भन्दै बर्दियाको अनुहार फेर्न समुन्नत र समृद्ध विकास गरी जनताको हरेक हक अधिकार सम्पन्न गराउन प्रतिवद्ध रहेको बताए ।
बर्दिया उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत सम्मान तथा अन्तक्रिया कार्यक्रममा प्रदेश नं.५ का प्रदेश सभासद् कृष्णी चौधरीले वर्दियाको राजापुरवासीका लागि मन्त्री दहितले महत्वपूर्ण काम गरेकाले यसको श्रेय मन्त्री दहितलाई जाने बताईन । समग्र बर्दिया सहित राजापुरको विकासका लगि प्रदेश सरकारमा आफु लागि रहने समेत उनले प्रतिबद्दता जाहेर गरिन ।
राजापुर नगरपालिका प्रमुख शिव प्रसाद चौधरीले राजापुर वजार ऐतिहासिक वजार भएकाले आफुहरु वजार दर्ता प्रक्रियाका लगि पहिले देखि नै आवाज उठाउदै आएको र नगर प्रमुखमा भए पछि दर्ता प्रक्रियाका लागि धेरै संघर्ष गरेको बताए । हाल वजार दर्ता प्रक्रिया अगाडि वढेका वेला मन्त्री दहितलाई श्रेय दिदै नगरपालिकाले वजार दर्ता प्रक्रियामा सम्पूर्ण सहयोग गर्ने बताए । नगरपालिकाको समग्र विकासका लागि वजेटको विनियोजन भई काम अगाडि वढेकाले सवैले सहयोग गर्नु पर्ने वताउनु भयो ।
अन्तक्रियामा मालपोत कार्यालयका महानिर्देशक मुक्ति आचार्य, राजापुरमा रहेका सरकारी तथा गैह्र सरकारी कार्यालयका प्रमुख प्रतिनिधि,राजनितिक दलका प्रमुख प्रतिनिधि, वजारवासी, स्थानिय वुद्धिजीवि, वजार दर्ता समितिका सदस्यहरुको उपस्थिति रहेको थियो । वर्दिया उद्योग वाणिज्य संघका अध्यक्ष तथा अन्तक्रिया कार्यक्रमका सभापति गोविन्द रिजालले आफ्नै कार्यकालमा वजार दर्ता गरी पूर्जा वितरण गर्ने प्रतिवद्धता पूरा भएको र आफु भन्दा अगाडिका अध्यक्ष सहित पदाधिकारीको पहलले पूर्णता पाएकोमा खुशी भएको वताउदै मन्त्री र महानिर्देशकलाई मायाको चिनो र दोसल्लाले सम्मान गर्दै कार्यक्रमको समापन गरिएको थियो । कार्यक्रमको सञ्चालन बर्दिया उद्योग वाणिज्य संघका उपाध्यक्ष चन्द्रश्वर सुवेदीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्: