वि.सं.   मङ्लबार, कार्तिक २७, २०७५   तदनुसार  13 November 2018

फरार अभियुक्त प्रहरी नियन्त्रणमा

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, साउन १४, २०७४ ।    

गुलरिया,बर्दिया।
अबैध हतियार काण्डमा फरार रहेका गुलरिया नगरपालिका वार्ड नं ११ लालपुर निवासी बर्ष २५ का श्यामलाल चौधरीलाई बिशेष सुचनाको आधारमा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

बर्दिया बासँगढी नगरपालिका वार्ड नम्बर ७ सगाहापुर नजिकै रहेको निलकण्ठ सामुदायिक बनवाट श्रावण ९ गते बांँसगढी नगरपालिका ७ सगाहापुर बस्ने बर्ष ४२ का छव्बन खाँ र बर्ष ५५ का रतन यादब २ थान पेस्तोल र पेस्तोलमा लाग्ने गोली सहित प्रहरीले पक्राउ गरेको थियो ।

सोही कार्यमा संलग्न श्यामलाल चाौधरी भने फरार थिए । फरार रहेका अभियूक्त चौधरीलाई मंगलवार बेलुका कालिका प्रहरीले बर्दियाको बढैयाताल गाउँपालिका वार्ड नम्बर ७ पेट्रोल पम्प नजिकबाट पक्राउ गरेको हो ।

पक्राउ परेका अभियुक्त चौधरीलाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय मैनापोखर पठाईएको प्रहरी सहायक निरिक्षक लालसरी बाहोराले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्: