वि.सं.   आइतवार, मंसिर २२, २०७६   तदनुसार  8 December 2019

फराकिलो धर्ती नेपालको पहिलो वार्षिक साधारण सभा सम्पन्न

        मीन प्रसाद अधिकारी   |   प्रकाशित मिति: आइतवार, साउन २६, २०७६ ।    
Loading...

राजापुर- बर्दियाको राजापुर नगरपालिका वडा नं. ५ मा रहेको फराकिलो धर्ती नेपालको पहिलो वार्षिक साधारण सभा सम्पन्न भएको छ । समाजमा रहेका विभिन्न विकृति र विसङ्गति हटाउदै विकास निर्माण तथा जन चेतना जगाउने उदस्यका साथ सस्थाको स्थापना गरिएको हो । फराकिलो धर्ती नेपालको वार्षिक सधारण सभालाई सम्बोेधन ग्रदै प्रदेश न.ं ५का प्रदेश सभा सदस्य दिपेश थारुले प्रदेश सरकारले सामाजिक विकासमा स्थानिय स्थरमा कामगर्ने संघ सस्थाहरु संग समन्वय गर्न प्रदेशमा सूचीकृत गर्नु पर्ने र संस्थाको प्रस्ट कार्य योजना हुनु पर्ने बताए । संस्थाले देशै भरी जनचेतना मूलक काम गर्न सक्ने भएकाले प्रदेश सरकारबाट सहयोगका लागि पहल गर्ने बताए । विशिष्ट अतिथिको आसनबाट बोल्दै राजापुर नगरपालिकाका उपप्रमुख मनकला कुमारी चौधरीले संस्थाको नाम जस्तै काममा पनि फराकिलो सोच वनाउदै अगाडि बडनुप्रने भन्दै राजापुर नगरपालिकाले नगर क्षेत्रलाई समृद्ध वनाउन शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई मुल उदेश्य बनाएकाले यस्लाई सफल वनाउन फराकिलो धर्ती नेपालले नगरपालिकासँग समन्वय गरि अगाडि बढेमा सहकार्य गर्न नगरपालिका तयार रहेको बताए । वडा नं. ५ का वडाध्यक्ष राम बाहादुर थारुले फराकिलो धर्ती नेपालले सबै समूदायलाई समेट्दै अगाडि वढ्नु पर्ने र आफुहरुले सहयोग गरिरहोको भन्दै आफुहरुले निर्वाचनमा गरेका विभिन्न वाँचाहरु स्थानीय तह देखि केन्द्रिय तह सम्मको योजना वनायर कामगरिरहो को बताए । यस्तै वडा नं. ८ का वडाध्यक्ष चिन्तामर्ण आचार्यले फराकिलो धर्ती नेपाललाइ स्वच्छ छविका साथ अगाडि वढाउन र वचाउन आफुहरु लागि रहने  बताए । संस्थाको आय व्यय र प्रगति प्रतिवेदन सुनाउदै संस्थाका सचिव सन्तोष चौधरीले गत आ व २०७५ ÷०७६ मा संस्थाले राजापुर नगरपालिकाका वडाहरु सँगको समन्वयमा कुल ५ लाख ५२ हजार ५ सय आय गरेको  र व्यय  ५ लाख ४८ हजार ५ सय भएको जनाउदै हाल संस्थाको बैंक खातामा १४ हजार रुपैया रहेको आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।कार्यक्रममा उपस्थित भएका अतिथिहलाई स्वागत गर्दै संस्थाका उपाअध्क्ष्य सीता चौधरीले आफुहरुले सानो क्लवबाट ठूलो फड्को मार्दै अहिले गैह्रसरकारी संस्थाको रुपमा उभिन लागेको भन्दै सबैले सहयोग गर्नु पर्ने बताए । संस्थाका अध्यक्ष रमेश दहितको अध्यक्षतामा भएको साधारण सभाको प्रमुख अतिथि प्रदेश नं. ५ का प्रदेश सभाका सांसद माननीय दिपेश थारु रहेका थिए ।  विशेष अतिथि राजापुर नगरपालिका उपप्रमुख मनकला कुमारी चौधरी अन्य अतिथिहरुमा जिल्ला समन्वय समितिका सदस्य शान्ति चौधरी, वडा नं. ५ का वडाध्यक्ष राम वहादुर चौधरी, वडा नं. ८ का अध्यक्ष चिन्तामणि आचार्य, किसान मा विका प्रअ अर्जुन अधिकारी, विव्य स का अध्यक्ष प्रमेश्वर उल्टह्वा पत्रकार लगायतको उपस्थिति रहेको थियो । संस्थाले आ व २०७६ ०७७ मा शिक्षा, स्वास्थ्य जेष्ठ नागरिक तथा वालवालिकाको क्षेत्रमा काम गर्ने भन्दै १४ वटा कार्य योजना पारित गरेको छ । कार्यक्रमको समापन गर्दै संस्थाका अध्यक्ष रमेश थारुले साधारण सभामा उपस्थित अतिथिहरुको सल्लाह सुझावका आधारमा अगाडि वढ्ने बताए । पहिलो वार्षिक साधारण सभा आजै रमेश दहितको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्ष सीता चौधरी, महासचिव बाल कृष्ण थारु सचिव सन्तोष चौधरी कोषाध्यक्ष प्रेमलाल चौधरी अन्य सदस्यमा अस्मिता चौधरी, स्वस्तिका चौधरी लगायत रहेका छन ।

प्रतिक्रिया दिनुहोस्: