वि.सं.   बिहिबार, जेष्ठ १०, २०७५   तदनुसार  24 May 2018

फजुल खर्च कटाएर सहकारीका सदस्यले गरे ‘माघी बचत’

        सुदीप अधिकारी   |   प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७३ ।    

बगनाहा, बर्दिया ।
हिजोआज चाँडपर्वहरु खर्चीलो र भड्किलो बन्दै गएको बेला बर्दियाको एक सहकारी संस्थाका सदस्यहरुले भने पर्वका नाममा हुने फजुल खर्च कटाएर बचत गर्न थालेका छन् । माकर संक्रान्ति तथा माघी पर्वको अवसरमा बबई नगरपालिका– ६ बर्गदास्थित सिर्जना बचत तथा ऋण सहकारी संस्थाले संचालन गरेको माघी बचत खातामा रकम जम्मा गरेर सहकारीका सदस्यहरु आफनो बचत बढाउने कार्यमा सहभागी भएका हुन् ।


उक्त सहकारी संस्थाले बिहीबार माघी पर्वका अवसरमा आयोजना गरिएको माघी पर्व शुभकामन तथा माघी बचत कार्यक्रममा एकै दिनमा २१ लाख १२ हजार ६ सय रुपैँया माघी बचत संकलन गरेको संस्थाका व्यवस्थापक हरीहर पौडेलले बताए । पर्वका नाममा हुने फजुल खर्च कम गरी आफना सदस्यहरुको बचत गर्ने बानीको विकास गर्ने उदेश्यका साथ माघी बचत कार्यक्रम संचालन गरेको सहकारी संस्थाले जनाएको छ । अघिल्लो वर्षदेखि सहकारीले माघी बचत कार्यक्रम ल्याएको हो ।
‘ चाडपर्वमा जती खर्च गरेपनि पुग्दैन । पर्वको नाममा हुने फजुल खर्च कटाएर थोरै भएपनि अहिले बचत गरे पछि फाइदा होला भनेर बचत गरेको माघी बचत खातामा रकम जम्मा गरेर फर्केकी जनकरानी थारुले बताइन् । सदस्यहरुले माघी बचतमा न्युनतम ५ सय रुपैयादेखि माथी आफनो क्षमता अनुसार रकम जम्मा गर्ने गरेको सहकारीले जनाएयो ।
सहकारी संस्थाले सदस्यहरुलाई बचत कार्यमा उत्प्ररीत गर्न माघी विशेष बचत खाता संचालनमा ल्याएको जनाएको संस्थाका अध्यक्ष दामोदर अधिकारीले बताए । सहकारीले माघी बचत खाता संचालन गरेपछि आफुहरुलाई निकै फाइदा भएको शेयर सदस्यहरुको भनाई छ । संस्थाका संचालक सदस्य भागीराम थारु भन्छन्, ‘ चाढवाडमा जती पैसा भएपनि खर्च हुन्छ । सहकारीले माघी पर्वको अवसरमा माघी बचत खाता संचालनमा गरेर निकै राम्रो काम गरेको छ । ’ माघी पर्वको बाहनामा बचत गर्न पाउँदा सहकारीका सदस्यहरु निकै खुशी भएका छन् । यस अघि संस्थाले महिला सदस्यहरुका लागि तीज बचत कार्यक्रम समेत संचालन गर्दै आएको छ ।
महिलाहरुलाई बचतमा आर्कषण गर्न सहकारी संस्थाले माघी र तीज बचत खातामा संस्थाले वार्षिक १० प्रतिशत ब्याज दिने गरेको संस्थाका व्यवस्थापक हरिहर पौडेलले बताए । व्यवस्थापक पौडेलका अनुसार यो ब्याजदर अन्य बचत खाताको तुलनामा सबैभन्दा बढी हो । चाडपर्वमा फजुल खर्च पनि कम हुने र बचत गरे व्याज पनि बढी पाइने भएकाले यो खातामा रकम बचत गर्न सदस्यहरु आकर्षित हुने गरेको बताइएको छ । सदस्यले फजुल खर्च कटाएर बचत कार्यमा सहभागी हुन् भनी यो खातामा बढी ब्याज प्रदान गरिएको संस्थाका अध्यक्ष दामोदर अधिकारीले बताए ।

सहकारी संस्थाले माघी पर्वका अवसरमा आयोजना गरिएको माघी पर्व शुभकामन तथा माघी बचत कार्यक्रममा माघी बचत खातामा रकम जम्मा गर्दै सदस्यहरु

२०५० सालमा मासिक १० रुपैया बचतबाट सुरु भएको यो संस्थामा हाल ७ करोडको पूजी रहेको छ । संस्थामा हाल २ हजार ६२ शेयर सदस्य छन् । संस्थाको शेयर पुजी ६६ लाख रहको छ । संस्थाले असार मसान्तसम्म ७ करोड रुपैँयाको कारोबार गरेको संस्थाका सहायक व्यवस्थापक नारायण बैद्यले जनाए ।
यो सहकारी संस्था हालै नेपालकै उत्कृष्ट बचत तथा ऋण सहकारी संस्था घोषित भएको छ । उत्कृष्टता हासील गरेको भन्दै यस संस्थालाई सक्सिड ब्राण्ड प्रदान गरिएको छ । बचत तथा ऋण सहकारी संस्थाको छाता संगठन नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफस्कुन ) र नेपाल सरकारले सिर्जना सहकारीलाई उत्कृष्ट सहकारी घोषण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्: