वि.सं.   मङ्लबार, कार्तिक २७, २०७५   तदनुसार  13 November 2018

प्रेस सेन्टर नेपाल राजापुरको अध्यक्षमा कायस्थ

        बअ सम्बाददाता   |   प्रकाशित मिति: बुधबार, जेष्ठ १०, २०७४ ।    

राजापुर, बर्दिया।
राजापुरमा बर्दिया अनलाइनका सहकर्मी गान्दिप कायस्थको अध्यक्षतामा प्रेस सेन्टर नगर कमिटी गठन गरिएको छ ।
प्रेस सेन्टर बर्दिया जिल्ला अध्यक्ष मेनुका चौधरीको अध्यक्षतामा बसेको पत्रकारहरुको भेलाले राजापुर नगरपालिका स्तरिय प्रेस सेन्टर नेपाल कमिटी गठन गरेको हो । भेलाले गान्दिप कायस्थको अध्यक्षतामा २१ सदस्य समिती गठन गरेको हो । जसको उपाध्यक्षमा चप्पा चौधरी, सचिबमा सविता चौधरी, सहसचिबमा सरस्वती चौधरी, कोषध्यक्षमा मिन राज अधिकारी र सदस्यहरुमा हेलु राम चौधरी, अन्जान थारु, आशिष कुमार थारु, निता चौधरी, सुनिता चौधरी, टिका अधिकारी, युग बहादुर चौधरी, प्रेम बहादुर चौधरी, रमा खड्का र सन्तोष चौधरी रहेका छन् । बाँकी रहेका ५ वडाबाट ६ जनालाई समेटिने बताईएको छ ।
राजापुर क्षेत्रमा पहिलो पटक गठन गरीएको सो कार्यक्रममा पत्रकार महासघं जिल्ला बर्दिया सहसचिब प्रभु चौधरी लगायतको उपस्थित रहेका थियो ।

प्रतिक्रिया दिनुहोस्: