वि.सं.   मङ्लबार, मंसिर ३, २०७६   तदनुसार  19 November 2019

प्रेमको रक्तदानमा प्रेम; हालसम्म ४० पटक रक्तदान !

        बअ सम्बाददाता   |   प्रकाशित मिति: शनिबार, चैत्र १२, २०७३ ।    

भुरिगाउँ, बर्दिया ।
रक्तदान जीवनदान हो भन्ने उदेश्यले रक्तदान कार्यक्रम बेलाबेलामा भईरहेका हुन्छन । कहिलेकाँही तपाईँ हामी सबैले रक्तदान गर्छौँ पनि । तर रक्तदान दिन सुरु गरेपछी १४ वर्ष भित्रमा एकै ब्यक्तीले ४० पटक रक्तदान गरेको सुन्न कमै मात्र पाईन्छ ।

त्यस्तै उदाहणिय ब्यक्ती हुनुहहुन्छ । बर्दिया ठाकुरबाबा नगरपालिका ३ मानपुरका प्रेमप्रसाद लम्साल । उहाँले हालसम्म ४० पटक रक्तदान गर्नुभएको छ । ठाकुरबाबा नगरपालिका ३ मानपुरका प्रेमप्रसाद लम्सालले हाल सम्म ४० पटक रक्तदान गर्नुभएको बताउनु भएको छ ।

सुर्खेतबाट बसाई सराई गरी बर्दिया आउनुभएका सहकर्मी समाज संस्थाका कर्मचारी समेत रहनुभएका प्रेम प्रसाद लम्सालले रक्तदान गर्नु जीवन दान गर्नु हो भन्ने सोँचेर २०५८ साल देखि रक्तदान गर्दै आएको बताउनुभयो ।

हरेक तिन महिनामा रक्तदान गर्ने अभियानमा छु, लम्सालले भन्नुभयो, सुरुका केही वर्ष वाहेक हरेक वर्ष ३ देखि ४ पटक सम्म रक्तदान गर्न थालेको छु, यो अभियान आफ्ना सबै साथीहरु माझ लिएर अघि बढेको छु उहाँले भन्नुभयो ।

रक्तदान जीवन दान भएकाले मानिसको शरीरबाट हरेक ३ महिनामा खेर जाने रगतलाई दान गर्दा स्वयमलाई लाभ हुने सहकर्मी समाज संस्थाका कर्मचारी प्रेमप्रसाद लम्सालले बताउनुभयो ।

चिकित्सकहरुले मापन गरे अनुरुप १८ वर्ष देखि ६० वर्ष उमेर समुहका व्यक्तिले नियमित रक्तदान गर्ने हो भने शारीरीक स्वस्थ्थता कायम गर्न सहयोग पुग्ने उहाँको भनाई छ ।

चार वर्ष अघि बर्दिया आउनुभएका लम्साल कै पहलमा थारु समुदाय विकास मञ्च भुरीगाउँमा बिगत दुई वर्ष देखि रक्तदान कार्यक्रमको आयोजना गर्न थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्:


Loading...