वि.सं.   सोमवार, असार ३२, २०७५   तदनुसार  16 July 2018

प्रारम्भिक कक्षा पढाई कार्यक्रम विषयक तालिम सम्पन्न

        मीन प्रसाद अधिकारी   |   प्रकाशित मिति: बुधबार, फाल्गुन १८, २०७३ ।    

राजापुर, बर्दिया।
बर्दियाको राजापुर स्रोत केन्द्रमा २ दिने प्रारम्भिक कक्षा पढाई कार्यक्रम विषयक तालिमको प्रथम चरण आज सम्पन्न भएको छ ।

आधार तह मानिने कक्षा २ र ३ मा पढ्ने विद्यार्थीहरुको देशै भर परिक्षण गर्दा मानक भन्दा कम औषतमा उपलब्धी देखिएकाले शैक्षिक परिक्षण केन्द्रले नमुनाको रुपमा सगँको सहकार्यमा सञ्चालन गरेको जिलला शिक्षा कार्यालय वर्दियाका शाखा अधिकृत टीकानाथ गोसाईले वताउनु भयो । राजापुर स्रोत केन्द्र अन्तर्गतका ३१ विद्यालयलाई २ चरणमा राखेर तालिम गरिएको पहिलो चरणको तालिम सकिएको सा्रोत व्यक्ति डिल वहादुर जिसीले वताउनु भयो । यस्तै आज देखि पशुपतिनगरमा समेत प्रारम्भिक कक्षा पढाई कार्यक्रम विषयक तालिमको आरम्भ भएको छ । तालिममा प्रारम्भिक कक्षा पढाई कार्यक्रम वर्दियाका कार्यक्रम संयोजक मनोज भण्डारी, प्रारम्भिक कक्षा पढाई कार्यक्रम डोल्पाका जिल्ला संयोजक रण व कार्की, रुपन्देहीको जिल्ला संयोजक कल्पना थापा मगर तथा अमर शहिद दशरथ चन्द मा वि राजापुरका शिक्षक पुरुषोत्तम खनालले सहजीकरण गर्नु भएको थियो । देश भरका नमुना परिक्षणमा परेका १० वटा जिल्ला भरी नै आउदो २६ गते एकै पटक विव्यस पिटिए, र अभिभावकको उपस्थितिमा यो परिक्षण गरिदैछ ।

प्रतिक्रिया दिनुहोस्: