वि.सं.   सोमवार, अशोज ८, २०७५   तदनुसार  24 September 2018

प्रदेश-५: एमाले संसदीय दलको नेतामा शंकर पोखरेल चयन

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: आइतवार, माघ ७, २०७४ ।    

बुटवल ।
नेकपा (एमाले)का नेता शंकर पोखरेल प्रदेश संसदका लागि नेकपा एमाले संसदीय दलको नेता चुनिएका छन् । आइतवार प्रदेश सदस्यहरुको सपथ ग्रहण पश्चात एमाले पार्टी कार्यालय बुटवलमा बसेको प्रदेश स्तरीय बैठकले उनलाई संसदीय दलको नेतामा चयन गरेको हो ।
एमाले संसदीय दलको बैठक जेष्ठ सदस्य कमल श्रेष्ठको अध्यक्षतामा बसेको थियो । बैठकमा पोख्रेलको प्रस्तावक वैजनाथ चौधरी थिए भने समर्थकमा लिला गिरी थिए । चौधरीको प्रस्तावलाई प्रदेश सांसदहरुले ताली बजाएर सर्मथन गरेका थिए ।
नेकपा एमाले र नेकपा माओवादीबीच प्रदेश ५ मा पोखरेललाई मुख्य मन्त्री बनाउने सहमति निर्वाचन अघि नै नभएको थियो । पोखरेलले अब प्रदेश प्रमुखलाई बहुमत आफ्नो पक्षमा रहेको पत्र दिए लगत्तै उनी मुख्यमन्त्री घोषित हुनेछन् । उनले तीस दिन भित्र प्रदेश सभामा आफ्नो पक्षमा बहमुत सिद्द गर्नु पर्नेछ ।


संसदीय दलको नेता चयन भएपछि नेता पोख्रेलले ५ नम्बर प्रदेश प्राचिन तथा ऐतिहासिक हिसाबले अत्यन्तै महत्वपूर्ण रहेको बताए । उनले सम्बृद्ध र बलियो प्रदेश बनाउन अनवरत खटिने पनि जानकारी गराए । बैठकमा पोखरेलले प्रदेश ५ को स्थायी राजधानी सबैलाई पायक पर्ने ठाउँमा हुने बताए ।

प्रतिक्रिया दिनुहोस्: