वि.सं.   मङ्लबार, फाल्गुन ८, २०७४   तदनुसार  20 February 2018

प्रदेश नं ५ मा समानुपातिकबाट को-को बन्दैछन् सांसद ? (नामावली सहित)

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: आइतवार, पुस ९, २०७४ ।    

बर्दिया।
समानुपातिक मतको गणना सकिएपछी अहिले कुन दलबाट को छनौटमा पर्ने भने बिषय चर्चामा छ । प्रदेश नं ५ मा समानुपातिकबाट ३५ जना सांसद बन्नेछन । प्रदेश नं ५ मा खसआर्य (२८.८४%), जनजाति (१९.५८%), थारू (१५.१८%) दलित, (१५.११%), मधेसी (१४.३५%), मुस्लिम (६.९४%) प्रतिशत समानुपातिक अन्तर्गत बाँडफाड हुनेछ। जसमा प्रदेश सभाको प्रत्यक्ष निर्वाचनमा धेरै सिट जितेका दलहरूले सम्बन्धित प्रदेशमा ३३ प्रतिशत महिला पुर्‍याउन समानुपातिकबाट धेरै महिला पठाउनुपर्नेछ । यसो गर्दा कुनै दलबाट पुरुषको प्रतिनिधित्व नगण्य अथवा शून्य पनि हुन सक्नेछ ।
जनजाति, खसआर्य, दलित, मधेसी, थारू र मुस्लिम समुदायबाट समानुपातिकमा प्रतिनिधित्व गराउँदा सम्बन्धित प्रदेशको जनसंख्याको अनुपातका आधारमा हरेक प्रदेशमा फरकफरक मापदण्ड छ ।
दलहरूले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएका छन् । आयोगले बन्दसूचीको क्रमसंख्या लागू हुनुपर्ने भनेको छ । तर, निर्वाचन कानुनमा ‘यथासम्भव’ भन्ने शब्दावली प्रयोग भएकाले दलहरूले तलमाथि गर्न सक्ने सम्भावना बाँकी नै छ ।

दलगत रुपमा सम्भावित उम्मेद्वारहरुको नाम हेर्नुहोस्:

एमाले : १३

खसआर्य : ३
विमला शर्मा पन्थी (पाल्पा), सरस्वती गौतम (दाङ), जालपा भुसाल (अर्घाखाँची),

जनजाति : ३
थानकुमारी थापा (कपिलवस्तु), ईश्वरी घर्ती (रोल्पा), सरिता श्रीष (रुपन्देही)

थारू : २
कृष्णी थारू (बर्दिया), धमकली चौधरी (दाङ)

दलित : २
कमला विक (रुपन्देही), ढाँटी सुनार (पूर्वी रुकुम)

मधेसी : २
सुनिताकुमारी ठठेर (रुपन्देही), चिन्तावती कुर्मी (बाँके)

मुस्लिम : १
तलत प्रवीण खाँ (बाँके)

कांग्रेस : १२

खसआर्य : ३
बलदेव शर्मा पोखरेल (प्युठान), निर्मला क्षेत्री (अर्घाखाँची), रमा अर्याल (रुपन्देही)

जनजाति : २
वीरबहादुर राना (पाल्पा), टीकाकुमारी बुढा (रोल्पा)

थारू : २
भुवनेश्वर चौधरी (बर्दिया), पुष्पा थरुनी (रुपन्देही)

दलित : २
झविन्द्रबहादुर विक (गुल्मी), माला गोतामे सुनार (कपिलवस्तु)

मधेसी : २
अयोध्याप्रसाद यादव (नवलपरासी), रुन्धावती दुवे शर्मा (कपिलवस्तु)

मुस्लिम : १
रायरा शेष मुसलमान (रुपन्देही)

माओवादी : ६

खसआर्य : २
गीता थापा (गुल्मी), दामाकुमारी शर्मा (दाङ)

जनजाति : १
पार्वती पुन गहतराज उषा (रुकुमपूर्व)

थारू : १
लौटी थारू (बर्दिया)

दलित : १
दीपा विक (तनहुँ)

मधेसी : १
सुष्मा यादव (कपिलवस्तु)

अन्य : ४

फोरम : २
खसआर्य : सुमन रायमाझी (बर्दिया)
जनजाति : पुर्मती ढेंगा (पाल्पा)

राजपा : १
राजपाले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा सबै नाम मधेसी क्लस्टरमा मात्रै पठाएको छ । यो प्रदेशमा उसले समानुपातिकमा एक सिट पाउँछ ।

जनमोर्चा : १
खसआर्य : तारा जिसी (प्युठान)

प्रतिक्रिया दिनुहोस्: