वि.सं.   मङ्लबार, फाल्गुन ८, २०७४   तदनुसार  20 February 2018

प्रदेश नं-५ को दाङमा अन्तर्राष्ट्रिय व्यापार प्रदर्शनी केन्द्र खोलिने

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बिहिबार, माघ ११, २०७४ ।    

काठमाडौं ।
सरकारले प्रदेश नं- ५ को दाङमा अन्तर्राष्ट्रिय व्यापार प्रदर्शनी केन्द्र खोल्ने निर्णय गरेको छ ।
बिहीबार राति सम्पन्न मन्त्रिपरिषद बैठकले ७ वटै प्रदेशमा अन्तर्राष्ट्रिय व्यापार प्रदर्शनी केन्द्र खोल्ने निर्णय गरेको हो । निर्णय बारे जानकारी दिदै कानूनमन्त्री यज्ञबहादुर थापाले प्रदेश नम्बर १ को धरान, २ को वीरगञ्ज, ३ को चोभार, ४ को दमौली, ६ को सुर्खेत र ७ को कञ्चनपुरमा अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र खोलिने जानकारी दिए ।
त्यस्तै सरकारले बाँदरमुढे घटनामा मारिएकाहरुलाई सहिद घोषणा गरेको छ। चितवनको बाँदरमुढेमा २०६२ साल जेठ २३ गते यात्रु बसलाई लक्षित गरी माओवादीले विद्युतीय धराप विष्फोट गराउँदा ३८ जनाको ज्यान गएको थियो।
मन्त्री थापाका अनुसार सशस्त्र जनयुद्धका क्रममा तत्कालिन माओवादीबाट मारिएका कास्कीका ९ जनालाई पनि सहीद घोषणा गरेको छ। यस्तै, पञ्चायतकालमा राज्यद्वारा मारिएका हरिप्रसाद गुरुङलाई सहीद घोषणा गरिएको छ।

बिहिबारको बैठकले पूर्वी रुकुमको सदरमुकाम उत्तरगंगा नगरपालिका-१२ लाई तोकेको छ भने परिवार नियोजन संघको केन्द्रीय कार्यसमिति विघटन गरी छत्रबहादुर गिरीको नेतृत्वमा नयाँ समिति गठन गरेको छ। त्यस्तै बैठकले अन्तर्राष्ट्रिय पदक प्राप्त गर्ने खेलाडीलाई मासिक ५ हजार भत्ता दिने पनि निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्: