वि.सं.   आइतवार, पुस १, २०७५   तदनुसार  16 December 2018

पुष २४ गतेदेखि भुरिगाउँमा राष्ट्रियस्तरको कबड्डी प्रतियोगिता (खेलाडीको नामावलीसहित)

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शुक्रबार, पुस २१, २०७४ ।    

ठाकुरबाबा,बर्दिया ।
बर्दियाको ठाकुरबाबा नगरपालिका-१, भुरिगाउँ सिंहबाहिनी खेल मैदानमा राष्ट्रियस्तरको कबड्डी प्रतियोगिता पुष २४ गते सोमबारदेखी सन्चालन हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद च्याम्पियनशिप-२०७४ अन्तरगत २२ औँ पुरुष तथा १७ औँ महिला राष्ट्रिय कबड्डी प्रतियोगिता हुन लागेको हो ।
अखिल नेपाल कबड्डी संघका उपाध्यक्ष तथा मध्यपश्चिमाञ्चल क्षेत्रीय कबड्डी संयोजक भिम केसीको अध्यक्षतामा बसेको छनोट समितीको बैठकले खेलाडीहरु छनौट गरेको छ । छनौट गरिएका पुरुष खेलाडीहरुमा बर्दियाबाट कन्हैया थारु, राजेश थारु, दिपक बिक र दिपेन थारु बैकल्पिक खेलाडीमा विजय थारु गरी ५ जना, सुर्खेतबाट २ जना दाङबाट बैकल्पिक सहित ४ जना, बाँकेका २ जना दैलेखबाट १ जना रहेका छन ।


त्यसै गरी छनौट भएका महिला तर्फ बर्दियाबाट लक्षुदेवी थारु, सुमा थारु, सिर्जना थारु, पार्वती थारु, मिना थारु, कुसमा थारु र वैकल्पीकमा मैया कुमारी दहित र खिममाया खत्री रहेका छन । दाङबाट ४, बाँकेबाट १ सुर्खेतबाट १ जना रहेका छन ।
प्रतियोगितात्मक खेल पौष २४ गते देखि २७ गतेसम्म सन्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्: