वि.सं.   बुधबार, साउन ३०, २०७५   तदनुसार  15 August 2018

पुर्व राजा ज्ञानेन्द्र शाह बर्दियामा: भेट्न समर्थकहरुको तछाडमछाड

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: मङ्लबार, पुस १८, २०७४ ।    

गुलरिया, बर्दिया ।
पुर्व राजा ज्ञानेन्द्र शाह मंगलवार बगलामुखी मन्दिरको दर्शन गर्न बर्दियाको सदरमुकाम गुलरिया पुगेका छन । पश्चिम नेपालका धार्मिक स्थलमा दर्शन गर्न र नेपालगञ्जको सोल्टी होटल उद्घाटनमा आएका पुर्व राजा गुलरियाको बगलामुखी मन्दिर पुजाआजा गर्न आएका हुन ।

पुर्व राजाको स्वागतको लागी गुलरियामा ठुलो संख्यामा समर्थकको भिड लागेको थियो । पुर्व राजालाई स्वागत गर्न गुलरिया सहित बर्दियाका ८ वटै स्थानिय तहहरुबाट ठुलो संख्यामा समर्थकहरु उपस्थित भएका थिए । पुर्वराजाको स्वागतका लागि सदरमुकाम गुलरियामा मन्दिर आसपासका बिभिन्न स्थानमा स्वागतद्धारहरु समेत निर्माण गरिएको थियो । सयौँको संख्यामा उपस्थित सर्वसाधारणले फूलमाला सहित स्वागत गरेका छन् । सदरमुकाम गुलरियाको निर्वाचन कार्यालय देखि बगलामुखि मन्दिर सम्मको झण्डै ३ सय मिटरको दुरी पैदलै हिँडेर मन्दिर परीसर भित्र पुगेका पुर्व राजा शाहले सर्वसाधारणको स्वागत ग्रहण गरेका थिए ।


पूर्व राजाको स्वागतमा उपस्थितहरुले राजा र राजसंस्थाको पक्षमा चर्को नाराबाजी गरेका थिए । सर्वसाधारणले राजालाई भेट गर्ने क्रममा राजसंस्थाको आवश्यकता महसुस भएको भन्दै राजवादीहरुले हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ, राजा आउ, देश बजाउ जस्ता नारावाजी गरेका थिए ।


राजसंस्था हटेपछी पुर्व राजा ज्ञानेन्द्र पहिलो पटक बर्दिया आएका हुन । पुर्व राजा आउने कार्यक्रमले विहानै देखि सदरमुकाम गुलरियामा सुरक्षा ब्यवस्था कडा परीएको थियो । भिँड समाल्न सुरक्षाकर्मीलाई हम्मे हम्मे परेको थियो ।

प्रतिक्रिया दिनुहोस्: