वि.सं.   सोमवार, असार ३२, २०७५   तदनुसार  16 July 2018

पिउँदै गरेको चुरोटबाट सल्केको आगोमा जलेर बर्दियामा एकको ज्यान गयो !

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: आइतवार, पुस २३, २०७४ ।    

ठाकुरबाबा,बर्दिया ।
चुरोटबाट सल्केको आगोबाट बर्दियाको ठाकुरबाबा नगरपालिकामा एक वृद्धाको ज्यान गएको प्रहरीले जनाएको छ ।

बिस्तारामै चुरोट पिउँदै गर्दा सिरकमा सल्केको आगोले ठाकुरबाबा नगरपालिका –९, बेतहनी की ७० वर्षीया रामकुमारी चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ ।

लामो समयदेखि प्यारालाइसिस बिरामी भएर बिस्तारामै रहनुभएकी उहाँ शनिबार राति चुरोट पिउने क्रममा चुरोटबाट सल्केको आगोले जलेर ज्यान गएको प्रहरीले जनाएको छ । घरपरिवारले बिहान मात्र बिस्तारमै जलेर मृत अवस्थामा देखेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: