वि.सं.   शुक्रबार, भदौ १, २०७५   तदनुसार  17 August 2018

पहल गरिदिन बाढी पिडितले नगरपालिकामा ज्ञापनपत्र बुझाए

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: आइतवार, अशोज २२, २०७४ ।    

बगनाहा, बर्दिया ।
३ बर्ष अघि बबई नदीमा आएको बाढीका कारण क्षती भएका बर्दिया ठाकुरबाबा नगरपालिकाका बाढिपिडितले आफुले पाउनु पर्ने क्षतिपुर्ति मध्ये पहिलो किस्ताको रकम पाएको तर त्यस पछिका किस्ताको रकम नपाएको भन्दै ठाकुरबाबा नगरपालिको कार्यालय सैनावारमा पुन: ज्ञापन पत्र बुझाएका छन ।

२०७१ श्रावण ३१ गते आएको बाढीबाट प्रभाबित साबिकका गाबिस नेउलापुर, बगनाहा, शिबपुर, ठाकुरद्धारका पुर्ण रुपमा क्षति भएका घरपरिवारले आइतबार ठाकुरबाबा नगरपालिकामा ज्ञापन पत्र बुझाएका हुन ।

पुर्ण रुपमा क्षति भएका बाढिपिडितले पहिलो किस्ताको रकम मात्र पाएको र केहिले पहिलो किस्ताको रकम पनि नपाएकाले दोस्रो किस्ताको पाउनु पर्ने रकम यथाशिघ्र राहत पाउन पहल गरिदिन हुन नगरपालिकालाई बाढी पिडीत संघर्ष समितीका सदस्यहरु हरि लम्साल, गोपाल थारु र सिता थारु सहितको टोलीले ज्ञापन पत्र बुझाएको हरि लम्सालले जानकारी दिनुभयो ।

केहि पिढितले पहिलो र अरु सबैको दोस्रो किस्ताको रकम नपाएकाले नगरपालिकाले बाकी पिढितका लागि पहिलो किस्ता र पहिलो किस्ता पाईसकेकालाई दोस्रो किस्ताको लागि यथाशिघ्र राहत दिलाईदिन माग गरेका छन ।
ज्ञापन पत्र बुझ्दै ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले पिडितले पाउनु पर्ने क्षति पुर्तिको रकम उपलब्ध गराउन पहल गर्ने आश्वासन दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्: