वि.सं.   बुधबार, मंसिर २६, २०७५   तदनुसार  12 December 2018

पर्यटकिय नगरी ठाकुरद्वारा जाने बाटो पिच हुँदै

        सुदीप अधिकारी   |   प्रकाशित मिति: बुधबार, पुस ५, २०७४ ।    

ठाकुरबाबा, बर्दिया ।
लामो समयको प्रतिक्षा पछि जिल्लाको पर्यटकिय क्षेत्र ठाकुरद्धारासम्म पुग्ने सडक स्तरोन्नती भइरहेको छ । पूर्वपश्चिम राजमार्गको अम्रेनीदेखि ठाकुरद्धारासम्मको पिच हुन बाँकी ४ किलोमिटर सडकलाई स्तरोन्नती गरि पिच गर्न थालिएको सडक डिभिजन कार्यालय नेपालगंजले जनाएको छ । चैत महिनाभित्र सडकलाई पिच गरिसक्ने गरि काम भइरहेको सडक डिभिजन कार्यालय नेपालगंजका प्रमुख अर्जुनकुमार बमले जानकारी दिए ।
आयोजनाको स्टिमेटमा यो सडकको चौडाइ साढे ५ मिटर हुने उल्लेख भए पनि स्थानियले ७ मिटर चौडा हुनु पर्ने माग राखेको कार्यालय प्रमुख वमले बताए । उनले भने, स्थानिय जनप्रतिनिधीले ७ मिटर चौडा हुनु पर्ने माग राखेका छन् । चौडाइ बढाइयो भने पिचको लम्बाइ घट्न सक्छ ।’
हाललाई ठाकुरद्धारा बजारसम्म मात्र पिच हुने यो सडक ठाकुरद्धारा, हात्तिसार, डल्लाहुँदै कोठियासम्म करिव १२ किलोमिटरसम्म स्तरोन्नती हुने सडक डिभजन कार्यालयले जनाएको छ । यो भागमा ग्रेभल गरिने छ । यो सडक स्तारोन्नती भएमा पूर्वपश्चिम राजमार्गको अम्रेनीदेखि ठाकुरद्धारा, डल्लाहुँदै दक्षिणको हुलाकी सडकसम्म आवतजावत सहज हुने छ ।
८ करोड ३२ लाख ५७ हजार ६ सय ९२ रुपौँया लागतमा सडक स्तारोन्नतीको काम भइरहेको सडक कार्यालयले बताइएको छ । एसडिए सूर्य जेभी निमार्ण कम्पनिले सडक निमार्णको ठेक्का लिएको छ । ठेक्काको अवधी २०७६ असार महिनासम्म रहेको कार्यालयले जनायो । अम्रेनीदेखि ठाकुरद्धारासम्मको पक्की सडकले पूर्णता पाएमा यस क्षेत्रको पर्यटन विकासमा ठूलो टेवा पुग्ने स्थानियको भनाई छ । कच्ची सडक हुँदा पर्यटक तथा स्थानियले निकै सास्ती खेप्दै आएका थिए ।
यसैगरि पूर्वपश्चिम राजमार्गदेखि ठाकुरद्धारा जाने सडकमा पर्ने ओराही खोलामा पक्की पूल निमार्ण कार्य पनि सुरु भएको छ । ओराही खोलाको दुई ठाउँमा पुल निमार्णको काम हुँदै छ । ओराही खोलाको आम्बासा र प्रतापुर कालिगौडीमा पक्की पुल बन्न लागेको हो । यी दुबै पुल १ सय ६० मिटर लामो र ११ मिटर चौडा हुनेछन् । दुबै पुल २०७६ माघ सम्म निमार्ण सम्पन्न गर्ने गरि सम्झौता भएको सडक डिभिजन कार्यालय नेपालगंजले जनाएको छ ।
आम्बासामा बन्ने पुलको लागत ९ करोड ९६ लाख ९९ हजार २ सय ४२ र प्रतापुर कालिगौडीमा बन्ने पक्की पुलको लागत १० करोड ४२ लाख ७४ हजार ८ सय ९१ रहेको कार्यालयले जनाएको छ । ओराही खोलामा पुल नहुँदा यहाँका जनताले वर्षौदेखि सास्ती खेप्दै आएका थिए । पुल नहुँदा वर्खायाममा ठाकुरद्धारा क्षेत्रमा आवगमन प्रायः ठप्प हुँदै आएको थियो ।


विनाविभागिय मन्त्री तथा हालै निर्वाचित सांसद सन्तकुमार थारुलाई स्तरोन्नती भइरहेको सडकको बारेमा जानकारी गराउँदै डिभिजन सडक कार्यालयका प्रमुख अर्जुनकुमार वम ।

प्रतिक्रिया दिनुहोस्: