वि.सं.   मङ्लबार, कार्तिक २७, २०७५   तदनुसार  13 November 2018

परीक्षा केन्द्रमै छात्राहरुको लागि “मेन्सुरेशन प्याड”

          |   प्रकाशित मिति: बुधबार, चैत्र ४, २०७१ ।    
भगतराम थारु नेपालगन्ज, ०४ चैत्र 
आजदेखि शुरु हुने प्रवेशिका परीक्षा (एसएलसी) मा बाँकेबाट ८ हजार २ सय ३४ परीक्षार्थी सहभागी हुने जिल्ला शिक्षा कार्यालय बाँकेले जानकारी गराएको छ ।
बाँकेबाट १ सय ४० विद्यालयबाट विद्यार्थीहरुले परिक्षा दिने भएका छन् । जसमा सामुदायिक तर्फ ७७ विद्यालय , संस्थागत तर्फबाट ५९ र खुल्ला विद्यालयतर्फबाट ४ गरि १ सय ४० विद्यालयबाट कुल कुल ८ हजार २ सय ३४ विद्यार्थी परिक्षा दिने भएका छन् । नियमिततर्फ ५ हजार ८ सय ५८ रहेका छन जसमा चात्र तर्फ ३ हजार १६ विद्यार्थी छन् भने छात्रातर्फ २ हजार ८ सय ४५ विद्यार्थी रहेका छन् ।
एक्जाम्टेड तर्फ २ हजार ३ सय ७२ विद्यार्थी सहभागी हुने मंगलवार जिशिकाले पत्रकार सम्मेलन गरि जानकारी गराएको हो । बाँके कारागारमा रहेको २ जना विद्यार्थी कारागारमै परिक्षा दिने भएका छन् । यस्तै अपाङ्ग ९ जना विद्यार्थीले एसएलसी दिने भएका छन् । परिक्षाका लागि लागि २९ परीक्षा केन्द्र तोकिएको मंगलवार पत्रकार सम्मेलनमा जानकारी गराएको छ । बाँकेमा परीक्षा मर्यादित गराउनको लागि २९ केन्द्राध्यक्ष, ३३ सहायक केन्द्राध्यक्ष, ३ सय ३५ निरिक्षक, प्रति केन्द्र १५ जनाका दरले ४ सय ३५ प्रहरी परिचालन गरिएको जिल्ला शिक्षा कार्यालय बाँकेले जनाएको छ । शिक्षा कार्यालयले केन्द्राध्यक्षका लागि ३६ बुँदे आचारसंहिता र निर्देशिका पनि जारी गरेको छ । एसएलसी मर्यादित बनाउन सबै सरोकारवाला पक्ष यस अघि नै सहमत भएका छन् । परिक्षा केन्द्र बालिकामैत्री शौचालय बनाउन र छात्राहरुको लागि परीक्षा केन्द्रमा नै “मेन्सुरेशन प्याड”को व्यवस्था गर्न लगाइएको पनि परीक्षा शाखा प्रमुख सहायक जिल्ला शिक्षा अधिकारी गोर्खबहादुर थापाले जानकारी दिनु भएको थियो ।
यस्तै बाँकेमा २ सय ६० जनाले एसएलसी परिक्षा दिनबाट बञ्चित भएका छन् । माघ मसान्तभित्र फारम नबुझाएका तथा राजस्व नवुझाएका ५३ जना र २ सय ७ जनाले हाजिर अपुग भई परिक्षा दिनबाट वञ्चित भएका हुन् । ७५ प्रतिशत हाजिर हुनुपर्ने मान्यता रहेको सो नियम पालना नगरि २ सय ७ जनाले एसएलसी परिक्षा दिनबाट वञ्चित भएको  जिशिकाका सहायक प्रमुख थापाले जानकारी गराउनुभयो ।
News &Views
प्रतिक्रिया दिनुहोस्: