वि.सं.   शुक्रबार, जेष्ठ १०, २०७६   तदनुसार  24 May 2019

परम्परागत पोषिला एवं खाद्य पदार्थको उत्पादनमा जोड दिन आग्रह

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, मंसिर २९, २०७५ ।    

सोम गुरुङ,नेपालगन्ज।
परम्परागत पोषिला एवं खाद्य पदार्थको पर्वद्धन गरौं, असल पोषणको लागि खाने बानीमा सुुधार गर्रौ भन्ने मुुल नारको साथ नेपाल सरकार कृषि तथा पशुुपन्क्षी विकास मन्त्रालय खाद्य प्रविधि तथा गुुण नियन्त्रण विभाग,खाद्य प्रविधि तथा गुुण नियन्त्रण कार्यालय नेपालगन्जको आयोजनामा आज देखि तिन दिने खाद्य मेला २०७५ शुुरु भएको छ । पुस २ गते सम्म सन्चालन हुने सो मेलाका उद्घाटन गर्नु हुदै कृषि तथा पशुपन्क्षी विकास राज्य मन्त्री राम कुमारी चौधरीले आफ्नो परम्परागत पोषिला एवं खाद्य पदार्थको उत्पादनमा जोड दिनु पर्ने बताईन । साथै उनले परम्परागत पोषिला एवं खाद्य पदार्थको पर्वद्धन गरि असल पोषणको लागि खाने बानीमा पनि सुुधार गर्नुु पर्नेमा जोड दिईन ।
सो तीन दिन सम्म सन्चालन हुुने मेलामा स्थानीय स्तरमा उत्पादन गरिएका खाद्य पदार्थको स्टल राखिएको छ । यो खाद्य मेला राख्नुुको मुख्य उद्धेश्य परम्परागत खानेकुुरा पनि मानव शरिरको लागि उतिकै पोषिलो रहेकोले सर्वसाधारणलाई सचेतीकरणको लागि मेला आयोृजना गरिएको खाद्य प्रविधि तथा गुुण नियन्त्रण कार्यालय नेपालगन्जका प्रमुुख ज्योत्सना श्रेष्ठले बताए । खाद्य प्रविधि तथा गुुण नियन्त्रण डिभिजन कार्यालय, सुुर्खेतका प्रमुुख भेष बहादुुर थापाले हाम्रो गाउँघरमा उत्पादन हुुने पुुराना खाद्य पदार्थ पनि शरिरको लागि उपयुक्त रहको सन्देश दिनको लागि मेला आयोजना गरिएको जानकारी दिए ।
सो मेलाको उद्घाटन पूर्व सन्धयामा विभिन्न धर्म, भाषी समुुदायहरुले आआफनो भेषभुुष लगाएर नेपालगन्ज नगरको परिक्रमा गरेका थिए । सो मेलामा चर्चित कलाकारको प्रस्तुुती समेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्:


Loading...
Loading...