वि.सं.   सोमवार, माघ ७, २०७५   तदनुसार  21 January 2019

परम्परागत देउसी भैली जोगाउन सक्रिय हुँदै युवापुस्ताहरु

        सौगात श्रेष्ठ   |   प्रकाशित मिति: शुक्रबार, कार्तिक ३, २०७४ ।    

भुरिगाउँ, बर्दिया ।
उज्यालो को प्रतिकको रुपमा माईने तिहारको अवसरमा खेलिने परम्परागत देउसी भैलोको मौलिक परम्परा आजभोली हराउँदै जान थालेको छ । जिल्लामा पछिल्लो समय देउसी भैलो खेल्ने तरिका नै परिवर्तन हुँदै गएको छ । कहिँ कतै परम्परागत रुपमा देउसी भैलो खेलेको देखिए पनी अधिकाँश युवापुस्ताहरुको समुह भने आधुनिकतामा हराउन थालेका छन ।


हिजोआज नेपाली परम्परागत शैलीमा लक्ष्मी पूजा गरेपछि मात्र भैली खेल्न सुरु हुन्थ्यो तर आजभोली भने  यमपञ्चकको पहिलो दिन काग तिहारको दिनबाट नै देउसी भैलो खेल्न थालिएको देख्न सकिन्छ । समयको परिवर्तनसँगै भित्रिएको साउण्ड सिष्टमको तालमा देउसी खेल्ने परम्परा मौलाउन थाले पछी परम्परागत रुपमा मादलको तालमा भट्याउँदै देउसी खेल्ने परम्परा बिस्तारै हराउँदै जान थालेको छ भन्छन स्थानिय जेष्ठ नागरिकहरु ।
परम्परागत रूपमा भट्याएर नेपाली भेषभूषा र बाजागाजाका साथ सांस्कृतीक उत्सवका रूपमा मानिने देउसी भैलोमा दिइने स्वैच्छिक दानको सट्टा विभिन्न पाश्चात्य संगीत र ढाँचामा प्रस्तुत भै होहल्ला मच्चाउने, जबरजस्ती रकम असुल्ने माध्यम पनि बन्दै गएको देखिन्छ । सामुहिक रुपमा देउसी खेलिने भए पनि पहिलेको जस्तो घरघरमा पुगेर देउसी माग्ने चलन हराउँदै गएको छ । घरघरमा जान छाडेर निश्चित स्थानमा बसेर देउसी खेल्ने चलन बढेको छ ।


तर यती हुँदाहुँदै पनी केहि युवा समुहहरु र जेष्ठ नागरिहकरु परम्परागत रुपमा मादल, खैजडी जस्ता बाजाको साथमा नै संस्कृती जोगाउने कार्यमा सक्रिय हुन थालेका छन । अहिले आफुहरु पश्चिमा संस्कृतीमा मात्र रमाउँदा भावी पुस्ताहरुले आफ्नो लोक संस्कृती पढ्न मात्र पाउने भएकाले आफुहरु परम्परा जोगाउने कार्यमा लागेको बताउँछन एक युवा भैली समुहका संयोजक सोम गुरुङ ।


उसो त बृद्धबृद्धाहरु पनी संस्कृती जोगाउन उत्तीकै लागी परेका छन । जेष्ठ नागरिक चौतारी समुहबाट परम्परागत रुपमा भेलो खेली रहेका जेष्ठ नागरिक लक्ष्मी कान्त तिमील्सेनाले आफुहरुको सानो प्रयासबाट केहि मात्रामा भए पनी सकारात्मक प्रभाव पर्नेमा विश्वस्त छन ।
कतै परम्परागत रुपमा त कतै आधुनिकतामा नेपाली युवा पुस्ता रमाउँदै गर्ला नेपाली परम्परागत शैलीमा खेलिने देउसी भैलोका ढाँचामा थुप्रै परिवर्तन देखिन थालेका छन ।

प्रतिक्रिया दिनुहोस्: