वि.सं.   मङ्लबार, कार्तिक २७, २०७५   तदनुसार  13 November 2018

पत्रकारहरुका लागि संरक्षण सम्बन्धि अभिमुखीकरण तालिम सम्पन्न

        सौगात श्रेष्ठ   |   प्रकाशित मिति: बिहिबार, बैशाख १४, २०७४ ।    

भुरिगाउँ, बर्दिया ।
संरक्षणका लागी स्थानिय पत्रकारहरुका लागि अभिमुखीकरण तालिम होमस्टे डल्लामा बुधबार सम्पन्न भएको छ ।
एफ.एम डि.सि धनगढी कैलालिको आयोजना र तराइ भु–परिधि कार्यक्रम ताल कोहोलपुरको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।

सरंक्षणको क्षेत्रमा कलम चलाउन क्षमता अभिबृद्धी गर्ने उद्धेश्यले बाँके, बर्दिया र दाङका १८ जना सञ्चारकर्मिहरुलाई तालिम दिईएको बिबिसि नेपाली सेवा धनगढी सम्बादबादा उमिद बागचनले बताउनुभयो ।

कार्यक्रममा ताल कोहोलपुरका प्रबन्धक बुद्धी रिजाल, सह–प्रबन्धक गौतम पौडेल, तालरत्न नगर चितवनका सहप्रबन्धक तिलक ढकाल, बर्दिया राष्ट्रिय निकुञ्जका निमीत्त संरक्षण अधिकृत रमेश थापा लगायतको उपस्थिती रहेको थियो ।

संरक्षण पत्रकारको संयोजकमा थारु


यसैबिच सोही तालिम कार्यक्रममा एक संरक्षण पत्रकार संजाल गठन गरिएको छ । संजालको संयोजकमा बाँकेका पत्रकार भगतराम थारु चयन हुनुभएको छ । संरक्षणका सवालमा स्थानिय पत्रकारहरुका लागि दुई दिने अभिमुखिकरण कार्यक्रमको समापनमा संरक्षण पत्रकार संजाल गठन गरिएको हो । संरक्षण क्षेत्रमा अझ बढि कलम चलाउनका लागि थारुको संयोजकत्वमा ९ जनाको कार्यसमिति गठन गरिएको छ जसमा सचिवमा दाङका पत्रकार चुमा आचार्य रहनुभएको छ भने सदस्यहरुमा सकुन्तला विएम, ओम प्रकाश गूप्ता, हरि गुरुङ,अनोज थारु, शोभा कोइराला,लक्ष्मी चौधरी र कमला हमाल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्: