वि.सं.   बुधबार, कार्तिक २८, २०७५   तदनुसार  14 November 2018

नेपाल शिक्षक संघ बर्दियाको अध्यक्षमा प्यानलसहित पुन: नारायण प्रसाद शर्मा

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: सोमवार, पुस २४, २०७४ ।    

गुलरिया,बर्दिया ।
नेपाल शिक्षक संघ बर्दियाको आठौं जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा पुन: नारायण प्रसाद शर्मा प्यानल सहित निर्वाचित भएका छन । शर्माले ७ सय १ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धि राजकुमार रेग्मीले ३ सय ६० मत प्राप्त गरेका थिए ।
यस्तै सचिब पदमा माधवराज ढकाल, अर्थ सचिबमा असिम कुमार पौड्याल ,सहसचिब नारायण प्रसाद पौडेल, जिल्ला सदस्यहरुमा प्रकाश शाही ,दिप बहादुर घर्ति , रोमहर्सनाथ योगी र यज्ञ बहादुर महरा निर्बाचित भएका छन । यस्तै संघिय महाधिबेशन प्रतिनिधिमा यज्ञ प्रसाद नेपाल, च्यामुलाल चौधरी, पिताम्बर पोख्रेल, श्रीराम चौधरी, हशं बहादुर धामी र राजेश यादब निबार्चित भएका छन । त्यस्तै प्रदेश महाधिबेशन प्रतिनिधिमा शसीराम बिक, खगेन्द्र खनाल, महादेब शाह, डिल्लीराज घिमिरे, प्रभुनारायण थारु, केदारनाथ पौडेल , हर्कबहादुर धामी र संघका समाबेसी पदहरुसहित महिला आरक्षित कोटामा भने सबै निर्बिरोध निर्बाचित भएको बताईएको छ जस अनुसार महिला उपाध्यक्षमा लक्ष्मी पौडेल, महिला सहसचिबमा शान्ती शर्मा, सहसचिब समाबेसीमा नैनसिं थारु र सुब्बाराम थारु निबार्चित भएका छन ।


यसैगरी महिला सदस्यमा जानकी चौधरी र राधा मजगैंया,संघीय महाधिवेशन प्रतिनिधिमा रेखा केसी, गितान्जली शर्मा र मिना श्रेष्ठ एवम् प्रदेश प्रतिनिधिमा शान्ति योगी, सिता गैरे र जयन्ती बजगाई निर्विरोध निर्वाचित भएका छन ।
नेपाल शिक्षक संघ, बर्दियाको आठौं जिल्ला अधिवेशन २०७३ चैत्र १४ गते उद्घाटन भई निर्वाचन प्रक्रियामा प्रवेश गरेपछि मतपत्रमा देखिएको त्रुटिका कारण स्थगित भएकोमा देशमा सम्पन्न स्थानीय तह तथा प्रदेश सभा निर्वाचन आचारसंहिताका कारण निर्वाचन हुन नसकेकोमा शनिबार सम्पन्न भएको हो । निर्वाचनमा संघका बर्दिया जिल्ला भरका १ हजार ५ सय ७ सदस्य मध्ये जम्मा १ हजार ७३ जनाले मतदान गरेको निर्वाचन आयुक्त भेषराज गैरैले बताए ।

नवनिर्वाचित समितीले शिक्षाको गुणस्तर सुधार तथा शिक्षकको हक हितका पक्षमा कार्य गर्ने प्रतिबद्धता ब्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: