वि.सं.   बिहिबार, जेष्ठ १०, २०७५   तदनुसार  24 May 2018

नेपाल राष्ट्रिय शिक्षक संगठनको ठाकुरबाबा नगरअधिबेशन सम्पन्न;अध्यक्षमा शाही र्निविरोध

        सुदीप अधिकारी   |   प्रकाशित मिति: शनिबार, चैत्र १२, २०७३ ।    

ठाकुरबाबा, बर्दिया।
नेपाल राष्ट्रिय शिक्षक संगठनको ठाकुरबाबा नगर अधिबेशन शनिबार भुरिगाउँमा सम्पन्न भएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय सदस्य तथा भेरी अञ्चल इन्चार्ज शिवराज उपाध्यायको प्रमुख अतिथ्यता तथा शिक्षक संगठनका इलाका नं ८ का संयोजक नन्दराम अधिकारीको अध्यक्षतामा नगर अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशनमा ठाकुरबाबा नगरपालिका अन्र्तगतका सामुदायिक तथा निजी विद्यालयमा कार्यरत नेपाल राष्ट्रिय शिक्षक संगठनमा आवद्ध शिक्षकहरुको उपस्थिती रहेको थियो । अधिवेशनको उद्घाटन सत्रमा नेकपा एमालेका जिल्ला कमिटी तथा सचिवालय सदस्य खगेन्द्र खनाल, जिल्ला कमिटिका पूर्व सदस्य घननारायण श्रेष्ठ, नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला कोषाध्यक्ष नारायण अधिकारी, उद्योग वाणिज्य संघ गुलरियाका महासचिब जीवन शाही, मढेला स्रोतकेन्द्रका स्रोतब्यक्ति बालकृष्ण आचार्यलगायतले अधिबेशनको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।
अधिवेशनमा नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला कोषाध्यक्ष नारायण अधिकारीले शिक्षक संगठनको सांगठानिक अवस्था र संगठनले गरेका कार्यहरुको चर्चा गर्नु भएको थियो ।
यसैगरी अधिवेशनले कलम शाहीको अध्यक्षतामा २३ सदस्सीय ठाकुरबाबा नगर कमिटी सर्बसम्मत चयन गरेको छ । कमिटीको उपाध्यक्षमा यमकला पौडेल र सचिबमा बासुदेब भटराई सर्बसम्मत चयन हुनु भएको छ । सदस्यमा प्रदिप भण्डारी, रिता अधिकारी, चुडामणी अर्याल, गणेश आचार्य, अशोक सिग्देल, मदन थापा, मञ्जु ढकाल, मिथिला थापा, चन्द्रबहादुर स्वार, खगेन्द्र नेपाल सर्बसम्मत चयन हुनु भएको छ ।


यसैगरी नगर कमिटि सदस्यमा शिवराज उपाध्याय, दुर्गा जैशी, जयन्ती चौधरी, कमला नेपाली, पदम बहादुर विष्ट, राजेन्द्रप्रसाद शर्मा, अविलाल उपाध्याय, फुलमोती थारु, झलक खनाल र लक्ष्मी आर्चाय पनि सर्बसम्मत निर्वाचित हुनु भएको हाम्रा सहकर्मी सुदीप अधिकारीले बताउनु भएको छ ।
नव निर्वाचित अध्यक्ष शाहीलाई प्रमुख अतिथी नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय सदस्य तथा भेरी अञ्चल इन्चार्ज शिवराज उपाध्यायले संगठनको माइन्युट हस्तान्तरण गरी पदभार सुम्पनु भएको थियो ।

यस्तै गत फागुन २९ गते भएको नेपाल शिक्षक संघको अधिवेसनले कुमार प्रसाद सापकोटाको अध्यक्षतामा सर्ब सम्बत रुपमा ठाकुरबाबा नगर समिती गठन गरेको थियो ।
यसैगरी नेपाल शिक्षक संघले बर्दिया जिल्लाका ८ वटै स्थानिय तहहरुको अधिवेसन सम्पन्न गरीसकेको छ भने संघको आठौँ जिल्ला अधिवेसन यहि चैत १४ र १५ गते गुलरीयामा हुन गईरहेको जिल्ला अध्यक्ष नारायण प्रसाद शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्: