वि.सं.   बुधबार, असार ६, २०७५   तदनुसार  20 June 2018

नेपाल राष्ट्रिय नमूना मा.वि. ढोढरीको स्वर्ण जयन्ती महोत्सव सम्पन्न

        सौगात श्रेष्ठ   |   प्रकाशित मिति: सोमवार, माघ ८, २०७४ ।    

मधुवन, बर्दिया ।
मधुवन नगरपालिका–४, ढोढरीमा रहेको नेपाल राष्ट्रिय नमूना माद्यमिक विद्यालयले स्थापनाको ५० औँ वर्षको अवसरमा स्वर्ण जयन्ति महोत्सव विविध कार्यक्रमका साथ मनाएको छ । विद्यालयले स्थापनाको ५० वर्ष प्रवेश गरेको अवसर पारी स्वर्ण जयन्ती महोत्सवको आयोजना गरीएको विद्यालयले जनाएको छ ।

स्वर्ण जयन्ति कार्यक्रममा विद्यालय स्थापना कार्यमा योगदान पुर्‍याएको भन्दै विद्यालय व्यवस्थापन समितीका पुर्व अध्यक्ष, चन्दादाता, शिक्षाप्रेमी, समाजसेवी लगायतलाई विद्यालयले सम्मान गरेको छ । शिक्षा हाँसिल गर्न गाउँ भन्दा बाहीर जान नपरोस भन्ने उदेश्यले ५० वर्ष अघि स्थापना भएको विद्यालय गत वर्ष यस क्षेत्रकै नमुना विद्यालयमा छनौटमा परि सकेको छ ।

स्वर्ण जयन्ती महोत्सवका प्रमुख अतिथी पूर्व गृहमन्त्रि एवम् प्रतिनिधी सभा रुकुमका सांसद जनार्दन शर्माले ग्रामिण क्षेत्रमा विद्यालय स्थापना गरी शिक्षा प्रदान गर्न योगदान गर्नु हुने शिक्षक एवं सम्पुर्ण शिक्षाप्रेमी महानुभावहरुको प्रशंसा गर्दै विद्यालयको सफलताको शुभकामना ब्यक्त गरेका छन् । कार्यक्रममा बोल्दै शर्माले अहिलेको शिक्षामा बैज्ञानिक र व्यवहारीब शिक्षाको आवश्यक रहेको बताए ।

यसैबिच कार्यक्रममा बोल्दै जिल्ला शिक्षा अधिकारी ज्ञानमणी नेपालले विद्यालयको प्रसंसा संगै शिक्षा ब्यवहारिक हुनु पर्ने बताए । विद्यालयको स्वर्ण जयन्तीको अवसरमा स्थानिय कलाकारहरुको सहभागितामा विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरीएको विद्यालयका शिक्षक कृष्ण थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्: