वि.सं.   आइतवार, अशोज ७, २०७५   तदनुसार  23 September 2018

नेपाल मगर एकता दिवस विविध कार्यक्रमका साथ कर्मलामा मनाईयो

        सौगात श्रेष्ठ   |   प्रकाशित मिति: आइतवार, फाल्गुन १५, २०७३ ।    

भुरिगाउँ, बर्दिया ।
नेपाल मगर संघको ३५ औं स्थापना दिवस मगर समुदायले मगर एकता दिवसको रुपमा आइतवार विविध कार्यक्रम गरि मनाएका छन् ।
३५ औँ मगर संघ एकता दिवसको उपलक्ष्यमा नेपाल मगर सघं इकाइ समिति बबई नगरपालिका र शिबपुर गाविस बर्दियाको संयुक्त आयोजनामा बबई नगरपालिका ३ कर्मलामा मगर संघका संस्थापक तथा जेष्ठ नागरिकहरुलाई सम्मान ,खेलकुद तथा हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरिएको छ ।
मगर समुदायको इतिहास मौलिकता र सस्कृतिलाई सम्बर्धन संरक्षण गर्दै एकताबद्ध गराउने उद्देश्यले आयोजित कार्यक्रममा प्रमुख अतिथी गणेश बहादुर घर्तिमगर ,मगर संघ,वर्दियाका सस्थापक कोषाध्यक्ष रमेश कुमार घर्तिमगर, संस्थापक जिल्ला सहसचिव कर्ण बहादुर रानामगर , जिल्ला सचिव छविकुमार घर्तिमगर ,जिल्ला सदस्य नर बहादुर रानामगर लगायतका महानुभावहरुले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
नेपाल मगर सघं बबइ नगरसमितिका उपाध्यक्ष बालसिह आले मगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा मगर संघका सस्थापक अध्यक्ष लालबहादुर राना, सस्थापक जिल्ला सहसचिव कर्णबहादुर राना, समाजसेवि देशबहादुर रानामगर र जेष्ठ नागरिक तथा समाजसेवि गणेश बहादुर घर्तिमगरलाई सम्मान गरिएको थियो । कार्यक्रमका अवसरमा तारो हान्ने, घैटो फोर, हाजिरी जबाफ, चकलेट खाने प्रतियोगिता जस्ता मनोरञ्जनात्मक खेल समेत खेलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्: