वि.सं.   शनिबार, कार्तिक २, २०७६   तदनुसार  19 October 2019

नेपाल प्रेश युनियनको मध्यपश्चिम क्षेत्रीय भेला प्युठानको स्वर्गद्वारीमा सम्पन्न

        सौगात श्रेष्ठ   |   प्रकाशित मिति: शुक्रबार, माघ २८, २०७३ ।    

प्युठान ।
नेपाल प्रेस युनियनको अभियान भौतिक र पेशागत सुरक्षा सहित पत्रकारको सम्मानजनक पहिचान भन्ने नाराका साथ नेपाल प्रेश युनियनको मध्यपश्चिम क्षेत्रीय भेला प्युठानको स्वर्गद्वारीमा सम्पन्न भएको छ ।
भेलाको अवसरमा नेपाल प्रेस युनियन बर्दियाका संस्थापक अध्यक्ष यज्ञ नेपाल सहित मध्यपश्चिम विकास क्षेत्रका सवै जिल्लाका संस्थापक अध्यक्ष हरूलाई सम्मान गरिएको छ ।

सम्मानपत्र ग्रहण गर्दै नेपाल प्रेस युनियन बर्दियाका संस्थापक अध्यक्ष यज्ञ नेपाल

भेलालाई सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानी, युनियनका अध्यक्ष वद्रि सिग्देल, महासंघका पुर्व अध्यक्ष सुरेश आचार्य, धर्मेन्द्र झा, युनियनका पुर्व अध्यक्ष समिरजंग शाह, किरण पोखरेल लगायतले सम्वोधन गर्नु भएको थियोे ।
भेलाले आसन्न पत्रकार महासंघको निर्वाचन, पत्रकारको हकहित, संचार क्षेत्रको विकासका साथै पर्यटकीय तथा धार्मिक क्षेत्र स्वर्गद्वारीको विकासका लागि सवै पक्ष क्रियाशील हुने प्रतिवद्दता सहितको १० वुंदे स्वर्गद्वारी घोषणा पत्र पारित गरेको छ ।
नेपालकै अतेन्त महत्वपूर्ण धार्मिक क्षेत्र स्वर्गद्वारीमा देशका महत्वपूर्ण व्यक्तित्वहरूको उपस्थितिले स्वर्गद्वारी क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
भेलामा पत्रकार महासंघका पुर्व उपाध्यक्ष विपुल पोख्रेल, पुर्वमहासचिव पोषण के.सी., नेपाली कांग्रेस प्यूठानका सभापति अमर भण्डारी लगायतले सम्वोधन गर्नु भएको थियो । युनियनका मध्यपश्चिम क्षेत्रीय संयोजक देवेन्द्र वर्माको सभापतित्वमा भेला सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्:


Loading...