वि.सं.   बुधबार, कार्तिक ७, २०७५   तदनुसार  24 October 2018

नेपालगन्जमा आगामी बर्ष मंसिरमा आठौं राष्ट्रिय खेलकुद हुने

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बुधबार, मंसिर ६, २०७४ ।    

नेपालगन्ज,बाके।
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी बर्ष मंसिरको दोस्रो साता आयोजना हुने निश्चित भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्टले सोमबार नेपालगन्जमा पत्रकारहरु माझ प्रतियोगिताको मिति घोषणा गर्नु भएको हो ।
‘आगामी मंसिरको दोस्रो साता नेपालगन्जमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना हुनेछ’, सदस्य सचिव विष्टले भन्नुभयो । ‘मंसिरको पहिलो साता क्षेत्रीय स्तरका छनोट खेलहरु आयोजना हुनेछन् ।’ ‘त्यस लगत्तै राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिनेछ’, सदस्य सचिव विष्टले भन्नुभयो ।
प्रतियोगिता तोकिएको मितिमा हुनेमा ढुक्क हुन आग्रह गर्दै सदस्य सचिव विष्टले आयोजनालाई सफल पार्न विभिन्न भौतिक पूर्वाधार निर्माणका कामहरु अगाडी बढेको जानकारी दिनुभयो । ‘पूर्वाधारका माष्टर प्लान बनिरहेका छन, एक अर्ब २४ करोड रुपैया“ बजेट विनियोजन भैसकेको जानकारी दिंदै ‘५५ करोडको टेण्डर भैसकेको समेत बताउनुभयो ।
’ पूर्वाधारका लागि ११ करोड रुपैया“ जिल्लामा पुगिसकेको जानकारी दिंदै थप माग भएको ४२ करोड निर्वाचन लगत्तै आइपुग्ने जानकारी दिनुभयो । ‘त्यसबाहेक ३५ करोड रुपैया जति आयोजनाका लागि अनुमान गरिएको छ’, विष्टले खेलाडी सुविधा समेत बढाइएको घोषणा समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्: