वि.सं.   बुधबार, चैत्र १३, २०७५   तदनुसार  27 March 2019

नेपालगन्जकी अन्नुलाई आमाको नामबाट नागरिकता

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बुधबार, पुस १८, २०७५ ।    

सोम गुरुङ,नेपालगन्ज।
नेपालगन्ज उपमहानगरपालिका वडा नं.११ का अन्नु मौर्यले आमाको नामबाट वंशज नेपाली नागरिकता प्राप्त गरेकी छन् । अन्नुले नेपाली नागरिकता नपाए पछि जिल्ला प्रशासन कार्यालय बाँकेमा ‘मैले नागरिकता कहिलेसम्म पाउँछु?’ भनी सूचना माग गरेकी थिईन । नेपालको संविधानले आमाको नामबाट नागरिकता पाउने कानुनी प्रावधान भएपनि जिल्ला प्रशासन कार्यालय, बाँकेले मौर्यलाई नागरिकता दिन ढिलाई गरेको थियो ।
नेपालको संविधान अनुसार आवश्यक कागजात पेश गर्दा पनि बिभिन्न बहाना देखाउँदै नागरिकता दिन आनाकानी गरेपछि अन्नुले उच्च अदालत तुलसीपुर नेपालगंज इजलासमा मुद्धा दर्ता गराएकी थिईन । उच्च अदालतले अन्नुलाई नागरिकता प्रमाणपत्र उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय, बाँकेलाई आदेश दिएको थियो । मौर्यले नागरिकता पाए पछि आफु ज्यादै नै हर्षित भएको र रोजगारीको लागि सहजता भएको बताइन् । नेपालगन्जमा यस अघि आमाको नाममा दीपिका सोनी र शकिल हल्वाईले नागरिकता प्राप्त गरेका थिए ।
नेपाली नागरिकता प्राप्त गर्ने प्रक्रिया बारे मानव र वातावरणका अध्यक्ष सूचना अभियान्ता लक्ष्मी तिवारीले पैरवी गरिरहेकी छिन् । उनले आमाको नामबाट हालसम्म ३ जना नेपालीलाई नागरिकता प्राप्त गराउन सफल भएको बताइन् । अदालतले गरेको आदेशको कार्यान्वयन ढिलै भए पनि जस्ले गर्दा नागरिकको हकको प्रत्याभुत भएको सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिवक्ता विश्वजित तिवारीले बताए । आमाको नाममा नागरिकता प्राप्त गराउन कानुनी प्रक्रियामा सहयोग गर्दै आएका महिला तथा कानुन विकास मन्च, बाँकेका संयोजक अधिवक्ता सुनिल श्रेष्ठले आमाको नामबाट नागरिकता पाउने कानुनी प्रावधान भएपनि अझै सहज तरिकाले प्राप्त गर्न असहज रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्:


Loading...
Loading...