वि.सं.   शनिबार, अशोज ६, २०७५   तदनुसार  22 September 2018

निर्माण व्यवसायमा युवा आकर्षण बढ्दै; ‘विदेशमा भन्दा स्वदेशकै आम्दानी बढी’

        सौगात श्रेष्ठ   |   प्रकाशित मिति: मङ्लबार, कार्तिक २१, २०७४ ।    

ठाकुरबाबा, बर्दिया।
२०७२ साल बैशाखमा गएको विनाशकारी भुकम्प संगै पुनःनिर्माणका कार्यहरु तिब्र रुपमा संचालन भए । देशमा केहि गर्न सकिँदैन भनेर विदेश जानका लागि तयारी गरिरहेकादेखी विदेशबाट छुट्टीमा स्वदेश फर्किएकाहरु धेरै अहिले स्वदेशमै बसेर पनि राम्रो कमाई गरिरहेका छन । धेरैले पुनःनिर्माणका क्रममा रोजगारीको अबसर समेत प्राप्त गरे ।
विनाशकारी भुकम्प पछीको पुनःनिर्माण होस वा राष्ट्रिय गौरबका आयोजनाहरु निर्माणको काममा युवाहरुको आकर्षण बढ्दै गएको छ । धेरै युवाहरु जलविधुत, सडक निर्माण, सिचाईँ लगायतका आयोजना जलविधुत, सडक निर्माण, सिचाईँ लगायतका आयोजनामा काम गरि रहेका छन । ति आयोजनाहरुमा काम गर्नेहरु पनी आफुले गर्नु पर्ने काम र कमाईमा सन्तुष्ट हुन थालेका छन ।


राष्ट्रिय गौरवको रुपमा हेरिएकोे भेरी–बबई डाईभर्सन बहु–उद्धेश्यीय आयोजनामा पाँच सय नेपाली युवाहरुले काम गरि रहेका छन । आयोजनाका अनुसार बर्दिया, बाँके, सुर्खेत, जाजरकोट, अछाम लगायतका जिल्लाका युवाहरु आयोजनामा काम गरिरहेका छन । नेपाली कामदारहरुले मासिक १६ हजार देखि ५० हजार रुपैयाँ सम्म कमाउँदै आएका छन । उनीहरूले आयोजनाको सुरुङ पाईपका उद्योग र सुरुङ निर्माण लगायतमा काम गरिरहेका छन ।
आयोजनामा विहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म र दिउँसो २ बजेदेखि बेलुका ६ बजेसम्म आयोजनाको काम संचालन हुने गरेको छ । आयोजनामा ५ सय नेपालीहरुले काम गरि रहेको आयोजना निर्माणको ठेक्का पाएको चाइना ओभरसिज ईन्जिनियरिङ् गु्रप (कोभेक) का प्रशासकिय प्रमुख लि–छाङ्योङ्गले बताए । आयोजनाका अनुसार कामदाहरुका लागी खान, बस्नको निःशुल्क व्यवस्था गरिएको छ ।
विदेश गएर दुःख पाउनु भन्दा राष्ट्रिय आयोजनाहरुमा काम गर्नु फाईदा भएको आयोजनामा काम गरि रहेका कामदारहरुको भनाई छ । मासिक १६ हजार देखी ५० हजार सम्म तलब र ओभर टाईम गर्दा विदेशमा भन्दा नेपालमा नै बढि कमाई हुने गरेको कामदारहरुको अनुभव छ । आयोजनामा पाँच सय नेपालीसहित ९० चिनियाँ र ३ जना रसियन कामदार रहेका छन । सुर्खेतको भेरीगंगा नगरपालिका हात्तीखालमा सुरुङ र पाईप उद्योग निर्माण भैईरहेको छ ।


भेरी–बबई डाईभर्सन बहु–उद्धेश्यीय आयोजना बाहेक जिल्लामै संचालित तथा जिल्ला बाहिर संचालित सिँचाई आयोजना, सडक निर्माण लगायतका निर्माण सम्बन्धी काममा सयौँ युवाहरुले आफ्नो सिप र क्षमतालाई प्रयोग गरि रहेका छन । विदेशमा गएर ७०÷८० हजार कमाउनु भन्दा आफ्नै देशमा बसेर ४०÷५० हजार कमाउनुमा नै आफु सन्तुष्ट रहेको दैलेखमा संचालित मध्य पहाडी राजमार्ग निर्माणमा साईट ईन्चार्जका रुपमा काम गरि रहेका बर्दिया ठाकुरबाबा नगरपालिका–४, का देबेन्द्र जोशीले बताए । जिल्लाका अधिकांश युवाहरु बर्दिया संगै पश्चिम नेपालको बाँके, सुर्खेत, दैलेख, बुटवल, नारायणगढ र पूर्वी नेपालको गोरखा, नुवाकोट, सिन्धुली, रामेछाप लगायतका ठाउँहरुमा संचालित निर्माण कार्यमा संलग्न छन ।

प्रतिक्रिया दिनुहोस्: