वि.सं.   सोमवार, मंसिर २४, २०७५   तदनुसार  10 December 2018

निर्मलालाई न्याय माग्दै बर्दियामा प्रर्दशन

        बअ सम्बाददाता   |   प्रकाशित मिति: मङ्लबार, अशोज २, २०७५ ।    

सुदीप अधिकारी/बर्दिया
निर्मला पन्तलाई न्याय दिलाउने देशब्यापी अभियानलाई सहयोग पुर्याउन बर्दियाका स्कूले बालबालिकाहरु पनि सडकमा उत्रेका छन् । निर्मलालाई न्याय दिलाउने अभियानलाई सर्मथन गर्दै सोमबार बालबालिकाहरुले भुरिगाउँ बजारमा प्रर्दशन गरेका छन् ।
निर्मलालाई न्याय दे, हत्यारालाई छिटो पत्ता लगा लगाएतका नारा लगाउँदै बालबालिकाले भुरिगाउँ बजार परिक्रमा गरेका थिए । अझैसम्म पनि निर्मलाको बलत्कारी एवं हत्यारा पत्ता लगाउन नसकेको भन्दै बालबालिकाले गृहमन्त्रीको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए ।
विद्यालयका बालबालिकाहरु पठनपाठनको समय सकिएपछि अर्थात ४ बजेपछि मात्र र्यालीमा सहभागी भएका थिए । बालबालिकाको पठनपाठनमा बाधा नपरोस् भनेर विद्यालय समय पछि प्रर्दशन गरिएको स्थानिय युवा दिलिप लम्सालले जानकारी दिए ।


बजार परिक्रमा पछि र्याली कोण सभामा परिणत भएको थियो । कोण सभालाई सम्बोधन गर्दै जिल्लाका विद्यार्थी नेता महेन्द्र पंगेनीले जुनसकै उपाय अपनाएर भएपनि तत्कालै निर्मलाको हत्यारा पत्ता लगाउन सरकारलाई आग्रह गरे । सरकारले अझै पनि हत्यारा पत्ता लगाउन ढिलाई गरे जिल्लाभरका युवा तथा बालबालिका आन्दोलनमा उत्रन बाध्य हुने विद्यार्थी नेता पंगेनीले बताए । उनले भने, ‘अझै पनि हामी संयमित छौ । सरकारले अझै पनि लाचारीपन देखाइरहे हामी युवाहरुको धैर्यताको बाँध फुट्ने छ । जस्को परिणाम सरकारले भोग्ने छ । ’
कोणसभालाई सम्बोधन गर्दै अर्का विद्यार्थी नेता तथा मनुषा टिका सिंह बहुमुखी क्याम्पसका स्ववियू सभापती जीवन रिजालले यती लामो समय वितिसक्दा पनि सरकाले निर्मलाको बलत्कारी एवं हत्यारा पत्ता लगाउन नसक्दा मुलुकबाट सर्वसाधारणका लागि न्याय हराउँदै गएको अनुभुति भइरहेको बताए । अनुसन्धानका नाममा जनतालाई झुक्याउने षढयन्त्रका प्रहरी प्रशासन लागेकोमा दुखः ब्यक्त गर्दै विधार्थी नेता रिजालले अबको अनुसन्धान चुस्तदुरुस्त र परिणममुखी हुनु पर्ने जोड दिए ।
‘यो घटनाले हाम्रो बाल मनस्थिती गहिरो चोट पुर्याएको छ । हामी बालबालिका आफुलाई असुरक्षित महशुस गर्दै छौ । अपराधी पत्ता लगाएर कडा कारवाही गर्नु पर्छ,’ र्यालीमा सहभागी विद्यार्थी इन्द्रा तिमिल्सेनाले भनिन् ।

प्रतिक्रिया दिनुहोस्: