वि.सं.   बिहिबार, जेष्ठ १०, २०७५   तदनुसार  24 May 2018

नारी दिवसको अवसरमा राजापुरमा सांस्कृतिक तथा खेलकुद प्रतियोगिता सम्पन्न

        मीन प्रसाद अधिकारी   |   प्रकाशित मिति: बुधबार, फाल्गुन २५, २०७३ ।    

राजापुर,बर्दिया।
‘महिला सम्मानको आधारः सीपयुक्त हात र स्वोरोजगार’ बद्लिदो परिवेशमा कामकाजी महिला, सन २०३० सम्म बराबरी पाईला’ भन्ने मुल नारा का साथ १ सय ७ औ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा आज सांस्कृतिक तथा महिला खेलकुद प्रतियोगिता कार्यक्रमको आयोजना गरिएको छ ।
राजापुर नगरपालिका र नगर स्तरिय महिला सञ्जाल –फवक कमैया महिला जागरण समाज, जन जारगारण महिला संघ, नगर स्तरिय युवा सञ्जाल, र थारु उत्थान महिला केन्द्रको आयोजनामा राजापुरको अमर शहिद दशरथ चन्द मा.विको प्राङगणमा कार्यक्रमको आयोजना गरिएको हो ।


राजापुर नगरपालिकाका कार्यलय प्रमुख भेषराज खनालको सपातित्वमा भएको कार्यक्रमको प्रमुख अथिती ईलाका प्रहरी कार्यलय राजापुरका प्रहरी नायव उपरिक्षक कमला भट्ट रहनुभएको थियो भने विशेष अथितीमा दिदि बहिनी सहकारी संस्थाकी प्रमुख सावित्री पुरी रहनुभएको थियो ।
अथितीहरुमा नगर स्तरिय महिला सञ्जालकी अध्यक्ष कविता न्यौपाने, नेपाली कांग्रेसका प्रतिनिधी राजु क्षेत्री, एमाले पाटीका विमला जिसी, माओवादी केन्द्रका प्रतिनिधी शान्तिी चौधरी, नेपाल क्रान्तिीकारी माअ‍ेवादीका खडक मल्ल, रेडियो साथीका स्टेशन म्यानेजर मिन अधिकारी, जेष्ठ नागरिक मञ्चका अध्यक्ष रनचन्द्र चौलागाई, नगर स्तरिय अपाङ्ग संघका प्रमुख माधव प्रसाद धमाला, स्थानिय पत्रकार राजापुर क्षेत्रका विभिन्न महिला समुहहरुमा आवद्ध महिलाहरु लगाएत राजापुर क्षेत्रका स्थानियबासीहरुको जोडदार उपस्थिती रहेको थियो ।
कार्यक्रममा सहभागी भएका महिलाहरुले नारी हक हितका लागी आवाज उठाउँदै र्याली प्रदर्शन गर्दै बजारको परिक्रमा समेत गरेका थिए । अहिले महिला खेलकुद तर्फ कुर्सी दौड, सियो धागो दौड र साईकल सोलो र डोरी तान्ने लगाएतका खेलकुद कार्यक्रम सम्पन भएको आयोजक समितीले जानकारी गराएको हो कार्यक्रममा कुर्सी दौड तर्फ शान्ति आचार्य प्रथम, धन लक्ष्मी खत्री द्वितिय, सृजना तिमिल्सेना तृतीय र कमला वोहराले शान्त्वना स्थान प्रप्त गर्नु भएको छ । साइकल स्लोमा विष्णु सिजापति प्रथम, विष्ना ढुङ्गाना दोस्रो कल्पना चौधरी तेस्रो र सावित्री शाहीले सान्त्वना स्थान पाउनु भएको छ । सियो धागो उन्ने खेलमा रिता थारु प्रथम, उर्मिला थारु दोस्रो रविना थारु तेस्रो र माया न्यौपानेले सान्त्वना स्थान पाएका छन् । विजेता महिला खेलाडीहरुलाई जिन्सी सामान पुरस्कार प्रदान गरिएको छ । उक्त कार्यक्रममा स्वागत मन्तव्य नगर स्तरिय महिला सञ्जालकी अध्यक्ष कविता न्यौपानेले दिनुभएको थियो भने कार्यक्रम सञ्चालन राजापुर नगरपालिकाका खरिदार रमेश चौधरीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्: