वि.सं.   शुक्रबार, कार्तिक २, २०७५   तदनुसार  19 October 2018

नहरमा बच्चा फाल्ने महिला सहित ‘अनैतिक सम्बन्ध’ राख्ने पुरुष पक्राउ !

        प्रेम बुढा   |   प्रकाशित मिति: आइतवार, कार्तिक १९, २०७४ ।    

मधुवन, बर्दिया ।
गत शुक्रबार मधुवन नगरपालिका ४ ढोढरीको सिंचाई नहरमा बच्चा जन्माएर फालेकी महिला पक्राउ परेकी छिन ।
पक्राउ पर्नेमा ढोढरी माचड कि स्थानिय हिरा कुमारी चौधरी रहेको ईलाका प्रहरी कार्यालय ढोढरीले जानकारी दिएको छ । पक्राउ परेकी चौधरी गत असारमा भएको स्थानिय निकायको चुनावमा एमालेबाट उपमेयर पदमा उठेर पराजित भएकी थिईन । पक्राउ परेकी चौधरीका श्रीमान नेपाल प्रहरीमा जागिरे छन ।


शुक्रबार विहान करिब ५ बजेको समयमा उनले बच्चा जन्माएर पानीभित्र फालिदिएको प्रहरीलाई बयान दिएको प्रहरी निरिक्षक अशोक प्रसाद श्रेष्ठले जानकारी दिनुभयो । पक्राउ परेकी चौधरीले मधुवन ६ का स्थानिय विकास के सीसंग अबैध सम्बन्ध भएको बयान दिएपछि अभियूक्त के.सीलाई समेत पक्राउ गरिएको प्रहरीले बताएको छ । पक्राउ परेका के.सीले आफु माथी लागेको आरोपको खण्डन गरेका छन । सरकारबादी मुद्धा भएकाले पक्राउ परेका दुबैलाई आवश्यक कागजात पुरा गरि जिल्ला अदालत पेश गर्ने तयारी भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: