वि.सं.   आइतवार, पुस १, २०७५   तदनुसार  16 December 2018

नहरमा पानी बन्द भए पछी बर्दियाका कृषक मर्कामा

        बअ सम्बाददाता   |   प्रकाशित मिति: शुक्रबार, पुस १, २०७३ ।    

भुरिगाउँ, बर्दिया ।

निर्माण तथा स्तरोन्नतिको कारण देखाउँदै बबई सिँचाइ आयोजनाले नहरमा पानी बन्द गरेपछि यस क्षेत्रका कृषकहरु मर्कामा परेका छन । सिँचाइ सुविधा पु¥याउने राष्ट्रिय गौरवको आयोजनाले गहुं लगायतका हिउंदे वालीमा सिंचाई गर्ने समयमा नहर बन्द गरे पछी किसानहरु चिन्तीत बनेका हुन ।

मंसिर तेस्रो सातादेखि पुस पहिलो साता सम्म गहुँलाई पानी चाहिने भए पनी बर्दियाको खेतीयोग्य ३६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्यका साथ सञ्चालित बबई सिँचाइ आयोजनाले पूर्वी नहर मंसिर ८ गते देखि पौष १५ गते सम्म र पश्चिमी नहर कात्र्तिक २८ गते देखि पौष २८ गते सम्म बन्द गर्ने निर्णय गरे पछी कृषकहरु पिडीत बनेका छन । सिँचाई आयोजनाको कार्यालयले व्यावहारिक पक्षको ख्याल नगर्दा हजारौं हेक्टर जग्गामा लगाइएको गहुँबाली सुक्ने अवस्थामा पुगेको छ ।
सिँचाई आयोजनाले पानी बन्द गर्दा नहरको पश्चिमी क्षेत्रका करिब २१ हजार घरधुरी प्रभावित भएका छन ।

पँुजीगत खर्च घटाउनको लागि किसानलाई पानी चाहिने वेलामा पनि नहर बन्द गरेर निर्माण कार्य गर्नु परेको बबई सिँचाइ आयोजनाका प्रमुख दानरत्न शाक्यले बताउनु भएको छ । शाक्यका अनुसार आयोजनाले अहिले करिब ६० करोड रुपैयाँमा २७ निर्माण व्यवसायी मार्फत् काम गरिरहेको छ । विगतका वर्षमा करिब साढे तीन महिनामात्र निर्माण कार्य हुँदा आयोजनाको काम लम्बिएकाले गति बढाउनका लागि किसानलाई पानी चाहिने बेला पनी नहर बन्द गर्नु परेको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: