वि.सं.   बुधबार, असार ६, २०७५   तदनुसार  20 June 2018

नवौँ अन्तरराष्ट्रिय गिद्ध सचेतना दिवस सम्पन्न, संरक्षणमा लाग्न संरक्षणकर्मीको आग्रह

        सौगात श्रेष्ठ   |   प्रकाशित मिति: शनिबार, भदौ १७, २०७४ ।    

भुरिगाउँ, बर्दिया ।
नवौँ अन्तरराष्ट्रिय गिद्ध सचेतना दिवस विविध कार्यक्रम गरी मनाईएको छ । बर्दिया प्रकृती संरक्षण क्लबको आयोजना तथा नेपाल पंक्षी संरक्षण संघको सहयोगमा गिद्ध संरक्षण सम्बन्धि अन्तर्कि्रया कार्यक्रम गरी गिद्ध सचेतना दिवस मनाईएको हो ।

पशुचौपायको उपचारमा डाइक्लोफेनाक सोडियमको प्रयोगले गिद्धहरुको बिनाश हुने भएकाले डाइक्लोफेनाक प्रयोग पुर्ण रुपमा प्रतिबन्ध गरी गिद्ध तथा वातावरणलाई पुर्ण रुपमा फाइदा पुर्याउनका लागि मेलोक्सिक्याम औषधीको प्रयोग गरि, प्रकृतीका कूचीकार गिद्धहरुको दिर्घकालिन संरक्षण गर्दै सम्पुर्ण जैबिक बिबिधता संरक्षणमा टेवा पुरयाउँने उद्धेश्यले हरेक वर्ष सेप्टेम्बर पहिलो साता गिद्ध सचेतना दिवस मनाईने गरीन्छ । बिगतका वर्षको तुलनामा गिद्धको संख्या घट्दै गईरहेकाले गिद्धको संरक्षण गर्नु पर्ने बर्दिया प्रकृती संरक्षण क्लबले आग्रह गरेको छ ।

शनिबार श्रीराम नगर उपभोक्ता समिती, भुरिगाउँको सभाहलमा सम्पन्न भएको कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख घननारायण श्रेष्ठ, उप नगर प्रमुख कृष्णा कुश्मा थारु, श्रीराम नगर उपभोक्ता समितीका अध्यक्ष नवराज न्यौपाने, पर्यापर्यटन विकास मंचका अध्यक्ष मोहन चौधरी, रेडियो टाइगरका स्टेशन प्रमुख भावुक योगी, ठाकुरबाबा नगरपालिकाका वडा अध्यक्ष सहित जन प्रतिनिधहिरुको सहभागीता रहेको थियो ।


गिद्ध संरक्षणका लागि पशुमा लगाईने डाइक्लोफेनाक औषधीको प्रयोग नगरी मेलोक्सिक्याम प्रयोग गर्न, गिद्धका बासस्थान सिमल, साज, लगायत रुखको संरक्षण र मरेका पशुचौपायको सिनो समुदायलाई असर नपर्ने गरी गिद्धले सजिलै भेटन सक्ने खुल्ला ठाउँमा फाल्न बर्दिया प्रकृती संरक्षण क्लबले आग्रह गरेको छ ।

कार्यक्रममा नेपाल पंक्षी संरक्षण संघका सहायक आयोजना अधिकृत पूजा गुरुङ र बर्दिया प्रकृती संरक्षण क्लबका सचिव राजन चौधरीले गिद्ध संरक्षणका बारेमा जानकारी गराउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्: