वि.सं.   आइतवार, मंसिर २२, २०७६   तदनुसार  8 December 2019

नगर शिक्षा योजना निर्माण सम्बन्धीे तालिम सम्पन

        बअ सम्बाददाता   |   प्रकाशित मिति: बिहिबार, जेष्ठ ९, २०७६ ।    
Loading...

भुरिगाउँ (बर्दिया) ।
ठाकुरबाबा नगरपालिका–१, भुरिगाउँमा प्लान इन्टरनेसनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्रको साझेदारीमा सन्चालित लैगिंक रुपान्तरण तथा समावेशी शिक्षा कार्यक्रम अन्तरगत नगर शिक्षा योजना सम्बन्धी २ दिने तालिम बुधबार सम्पन्न भएको छ ।

ठाकुरबाबा नगरको शिक्षा योजनाको लागि अभिमुखिकरण तथा क्षमता विकास गर्ने उद्येश्यले ठाकुरबाबा नगरपालिकाको समन्वयमा राधाकृष्ण थारु जनसेवा केन्द्र गुलरिया बर्दियाले कार्यक्रमको आयोजना गरेको राधाकृष्ण थारु जनसेवा केन्द्रकी अधिकृत ऋषु चौधरीले बताईन् ।

तालिममा सहभागिहरुले बालबालिकाहरुको शिक्षामा सहयोग पुर्याउनका लागि अभिभावक शिक्षा पनि आवश्यक रहेको बताएका छन् । ठाकुरबाबा नगरपालिकालाई आगामी ५ वर्ष भित्रमा साक्षर नगरपालिका बनाउनमा यस तालिमले प्रभाकारी भुमिका खेल्ने अपेक्षा समेत लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्: