वि.सं.   बुधबार, साउन ३०, २०७५   तदनुसार  15 August 2018

नगर विकासका आवधिक योजना निर्माणका लागि ठाकुरबाबाले गर्‍यो अन्तरकृया

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: आइतवार, माघ २१, २०७४ ।    

भुरिगाउँ, बर्दिया ।
ठाकुरबाबा नगरपालिकाले आबधिक योजना निमार्ण सम्बन्धी एकदिने अन्तर्कृया गोष्ठी तथा छलफल कार्यक्रम शनिबार सम्पन्न गरेको छ । आगामी दिनमा नगरपालीका भित्र कस्ता गतीबिधी सञ्चालन गर्ने र कस्ता गतीबिधीलाई आवधिक योजनामा समेट्ने भन्ने उद्धेश्यले ठाकुरबाबा नगरपालिकाले कार्यक्रमको आयोजना गरेको हो ।


नगरपालिकाको समग्र विकासका लागि सबैको सहभागीता होस् भन्ने उद्देश्यले अन्तरकृया आयोजना गरिएको बताउदै ठाकुरबाबा नगरपालीकाका नगरप्रमुख घननारायण श्रेष्ठले शनिबार सामान्य छलफल शुरुवात गरीएको र नगरपालिकाको दिगो विकासको लागि न्युनतम १५ बर्षसम्मको अबधी रहेको आबधिक योजना निर्माणका लागी बिस्तृत रुपमा छलफल गरिनुका साथै बैशाख मसान्तसम्ममा आबधिक योजना निर्माण गरीसक्ने जानकारी दिए ।
कार्यक्रमका सहभागीहरुले विभिन्न स्थानिय समस्यासंगै ठाकुरबाबा नगरपालिका भित्र कृषी र पर्यटनको प्रचुर सम्भावना भएकाले त्यसको बिकासमा विशेष पहल गर्नुपर्ने बिचार राखेका थिए ।
सहभागीहरुका गुनासोहरुलाई सम्बोधन गर्दै नगर उपप्रमुख कृष्ण कुस्मा थारुले नगरपालिका भित्र चुरोट, सुर्ती तथा गुट्का जस्ता लागुपदार्थजन्य बस्तुहरु बिक्रीका लागी लाइसेन्स बितरण गर्ने प्रस्ताब राख्दै यसमा सम्पुर्ण नगरबासीहरुको सहयोग हुने आशा ब्यक्त गरिन ।
सहभागीहरुले राखेका बिचारहरु मध्यबाट सडक बिस्तार ,भौतिक संरचना निर्माण,पर्यटन बिकास ,कर तथा आयको ब्यबस्थापन,चक्रपथ र रिङरोड निर्माण,नमुना बस्ती निर्माण नापी मालपोत कार्यालय स्थापना, बिद्युत ब्यबस्थापन ,गौशाला निर्माण लगायतका योजनाहरु आबधिक योजनामा समाबेस गरिने बताईएको छ ।
नगरप्रमुख घननारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न अन्तरकृया कार्यक्रममा ठाकुरबाबा नगरपालीकाकी नगर उपप्रमुख कृष्णकुस्मा थारु, ठाकुरबाबा नगरपालीकाका प्रमुख प्रसासकिय अधिकृत कृष्णप्रसाद खरेल,९ वटै वडाका वडाअध्यक्षहरु, बगनाहा श्रोत केन्द्रका श्रोत व्यक्ती नन्दाराम अधिकारी, राजनितिक दलका प्रतीनिधीहरु,बिभिन्न बिद्यालयका प्रधानाध्यापक, उद्योगबाणीज्य संघका अध्यक्ष, जेष्ठ नागरीक चौतारीका अध्यक्ष,अपांग समन्वय समीतिका अध्यक्ष, खानेपानी उपभोक्ता समन्वय समितिका अध्यक्ष लगायत ५५ जनाको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: