वि.सं.   सोमवार, फाल्गुन ६, २०७५   तदनुसार  18 February 2019

नगरस्तरीय अपाङ्गता सञ्जाल कार्य योजना निर्माण कार्यशाला गोष्ठी सम्पन्न

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बुधबार, मंसिर ५, २०७५ ।    
Loading...

राजापुर,बर्दिया।
बर्दियाको राजापुरमा समावेशी शिक्षा प्रवद्र्धन परियोजना बर्दियाले अपाङ्गताको हक हितका लागि नगर स्तरीय अपाङ्गता सञ्जाल कार्य योजना निर्माण कार्यशाला गोष्ठी सम्पन्न भएको छ । राजापुर क्षेत्रको १० वटै वडामा रहेका अपाङेगता भएका व्यक्तिहरुको उपस्थितिमा भएको कार्यक्रममा सभापति राजापुर नगर स्तरीय अपाङ्गता समन्वय समितिका अध्यक्ष माधव धमला, विशिष्ट अतिथि राजापुर नगरपालिकाकी सुचना अधिकारी पार्वती पण्डित, विशेष अतिथि दल वहादुर सुनार, लगायत पत्रकार र सरोकारुवालाहरुको उपस्थिति रकेको थियो ।
अपाङ्गता भएकालाई सरकारले परिचय पत्र दिएको र त्यसवारेमा जसरी वढी सुविधा पु¥याउन सकिन्छ त्यसै गरी आफुहरु छलफलमा रहेको विशिष्ट अतिथि पण्डितले बताए । शारिरीक रुपले अशक्त व्यक्तिहरुलाई हेर्ने नजर नै नराम्रो भएकाले आफ्नो हक अधिकारका लागि स्वयम नै सचेत हुनु पर्ने सभापति धमलाले बताए । बर्ष भरीका लागि कार्य विधि तयार गरी नगरपालिकामा पेश गरिने सभापति धमलाको भनाई छ ।राजापुर नगरपालिकाले आयोजना गरेको कार्यक्रममा आर्थिक सहयोग राधाकृष्ण थारु जन चेतना केन्द्र, प्लान इन्टर नेशनल नेपाल र समन्वय नगरस्तरिय अपाङेगता समितिले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्:


Loading...
Loading...