वि.सं.   आइतवार, असार १०, २०७५   तदनुसार  24 June 2018

नगरविकासका लागि रेडियो कार्यक्रम; ‘हाम्रो बाँसगढी: रेडियो बहस’

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शुक्रबार, पुस १४, २०७४ ।    

बाँसगढी, बर्दिया ।
बर्दियाको चर्चित रेडियो स्टेसन रेडियो गुर्बाबा एफ एम ८९.७ मेघाहर्ज र बासगढी नगरपालिकाको संयुक्त आयोजनामा नगरविकास र जनउत्तरदायी सरकार निर्माणमा टेवा पुर्‍याउने हेतुले रेडियो बहस शुरु गरिएको छ ।

दिगो बिकास र लोकतन्त्रलाई बलियो बनाउन रेडियो बहसको शुरुवात गरिएको बताउदै रेडियोका स्टेसन म्यानेजर एकराज चौधरीले नगरबासीलाई यस कार्यक्रमले प्रत्यक्ष लाभ पुर्‍याउने बताउछन ।


बासगढिको बिकासका लागि जनताको चासो, गुनासो समेट्दै गरिएको पहिलो कार्यक्रममा बाँसगढी नगर प्रमुख शालिकराम अधिकारी, वडा नं २ का वडा अध्यक्ष घमण्ड चन्द, वडा नं ३ का वडा अध्यक्ष प्रेमराज पौडेल, वडा नं २ र ३ का सचिव शंकर बि.क. र स्वास्थ्य चौकी इञ्चार्ज चन्द्रभान मण्डलसंग स्थानिय ६४ जना वडाबासीहरुकाे सहभागितात्मक बहस चलेको थियो ।
हाम्रो बाँसगढी रेडियो बहस कार्यक्रम रेडियो गुर्बाबा एफएम ८९.७ मेघाहर्ज र (बर्दिया अनलाइनको यो लिन्कबाट पनि) हरेक बिहिबार बेलुका ८ बजे र पुनः प्रसारण हरेक शुक्रबार बिहान ८ बजे सुन्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्: