वि.सं.   शनिबार, अशोज ४, २०७६   तदनुसार  21 September 2019

नगरपालिकाले ट्याग लगाएका गाईहरु नै छाडा रुपमा छाडिए

        बअ सम्बाददाता   |   प्रकाशित मिति: बिहिबार, जेष्ठ ९, २०७६ ।    

भुरिगाउँ (बर्दिया) ।
ठाकुरबाबा नगरपालिको विभिन्न क्षेत्रमा छाडा रुपमा छाडिएका गाईहरुले स्थानियहरुले लगाएको अन्नबाली खाएर दुःख दिन थालेको छ । स्थानियहरुले लगाएको मकै, तरकारीहरु लगायतका अन्नबालीहरु छाडा रुपमा छाडिएका गाईहरुले खाएर दुःख दिन थालेपछि स्थानियहरु आजित बन्न थालेका छन् । नगरपालिकाले गाई ब्यवस्थापनका लागि नगरपालिकाको वडा नम्बर ४ स्थित खैलार गाउँमा गौशाला निर्माण गरे पनि गाईको उचित ब्यवस्थापन हुन नसक्दा गाईहरुले स्थानियहरुको अन्नबाली सखाप पारेको हो ।

केहि महिना अघि तामझामका साथ पशुशाखाले नगरपालिका भित्र रहेका गाईहरुको तथ्याङ्क संकलन गरि ट्याग लगाएको भए पनी ट्याग लगाईएका गाईहरुनै बढि मात्रामा छाडा छोडिएको अवस्थामा भेटिएको स्थानियहरुले गुनासो गर्न थालेका छन् । धानको बियाड तयार गर्नका लागि बिउ छर्ने समय हुन लाग्दा कृषकहरु झनै चिन्तित बन्न थालेका छन् । यस विषयमा वडा अध्यक्षहरुलाई गुनासो राख्दा छिट्टै ब्यवस्थापन हुन्छ भन्ने तयारी जवाफ मात्र आउने गरेको स्थानियको गुनासो छ भने अर्को तर्फ नगरपालिकाको पशुसेवा कार्यालयमा जानकारी गराउँदा पनि उचित ब्यवस्थापनको पहल हुन नसक्दा कृषकहरु मर्कामा परेका छन् ।

नगरपालिकाको पशु सेवा शाखामा छाडा रुपमा छाडिएको गाईवस्तुहरुको विषयमा खबर दिँदा छाडा रुपमा छोडिएका गाईवस्तुको ट्याग पत्ता लगाएर खबर गरे मात्रै आफुहरुले कारबाहिको प्रकृयाको लागि सिफारिस अघि बढाउने शाखाका जिम्मेवार ब्यक्तिहरुले जवाफ दिने गरेका छन् । उता किसानहरु भने गाईले अन्नबाली सखाप पारि सके पछि कारबाहिको लागि पहल गरेर के हुन्छ भन्दै आक्रोशित हुन थालेका छन् ।

यसै बिच छाडा गाईहरुबाट आजित भएका स्थानियहरुले विरोध स्वरुप जेष्ठ १ गते नगरपालिकामा गाई लगेर बाँधि दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्:


Loading...