वि.सं.   मङ्लबार, कार्तिक २७, २०७५   तदनुसार  13 November 2018

ध्वनी प्रदुषण न्युनिकरणका लागि सरोकारवाला बिच छलफल

        सौगात श्रेष्ठ   |   प्रकाशित मिति: मङ्लबार, पुस १२, २०७३ ।    

भुरिगाउँ, बर्दिया ।
पर्यटकिय धरोहरको रुपमा रहेको बर्दिया राष्ट्रिय निकुञ्ज र यसको वरिपरी रहेकोे पर्यटकिय महत्वकोे समग्र विषयमा रहेको सम्भावना र चुनौती लगायतका सूचनाहरु संकलन गरेर संचारका माध्यम मार्फत सम्प्रेषण गरी सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराउने उद्देश्यका साथ ध्वनी प्रदुषण ब्यवस्थापन र नियन्त्रणका लागी सरोकारवाला बिच छलफल कार्यक्रम सम्पन्न भएको छ ।
पर्या पर्यटन विकास मञ्च ठाकुरद्वाराको आयोजनामा सम्पन्न भएको कार्यक्रममा सहभागी राष्ट्रिय तथा स्थानिय संचारकर्मीहरुको संयुक्त भेलाले ध्वनी प्रदुषण नियन्त्रणका लागी अभियान थाल्ने र यस क्षेत्रमा पर्यटन मैत्री बाताबरण बनाई राख्न सहयोग गर्ने प्रतिबद्धता जनाएका पर्यापर्यटन बिकास मञ्चका अध्यक्ष मोहन चौधरीले बताउनुभयो ।
यसै बिच काठमाण्डौ, सुर्खेत, बाँके र बर्दियाका संचारकर्मीहरुको समूहले बर्दियाको बर्दिया राष्ट्रिय निकुञ्ज, कर्णली नदी, कोठियाघाट गेरुवा नदी, कृष्णसार संरक्षण क्षेत्र, सत्खलुवा ताल होमस्टे, जैविक मार्ग होमस्टे डल्ला लगायतका पर्यटकिय क्षेत्रको भ्रमण गरी फर्किएको छ ।

प्रतिक्रिया दिनुहोस्: