वि.सं.   शुक्रबार, जेष्ठ १०, २०७६   तदनुसार  24 May 2019

धोविनपुरमा वडा स्वास्थ्य क्लिनिकको उद्घाटन

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शनिबार, फाल्गुन ११, २०७५ ।    

मिन अधिकारी राजापुर।
बर्दियाको राजापुर नगरपालिका ८ धोविनपुरमा वडा स्वास्थ्य क्लिनिकको उद्घाटन गरिएको छ । वडा क्लिनकको राजापुर नगरपालिका ८ का वडाध्यक्ष चिन्तामणी आचार्यले रिबन काटेर उदघाटन गरेका हुन।
स्थानिय सरकार आएपछि नगरपालिकाका स्वास्थ्य क्लिनिक नभएका वडाहरुमा स्वास्थ्य क्लिनिक स्थापना हुन थालेका छन् । स्वास्थ्य क्लिनिक स्थापना भएपछि स्थानियबासीहरु खुशी हुदै सिंह दरबारको अधिकार बल्ल गाउँगाउँमा आएको महसुस भएको भन्दै समाजसेवी मेनका पौडेलले जनप्रतिनिधिको भूमिका निर्वाह गरेकाले वडाध्यक्ष चिन्तामणी आचार्यलाई बधाई समेत दिईन । त्यसैगरी उद्घाटन समारोहलाई सम्बोधन गर्दै ने क पा का अध्यक्ष राजकिरण चौधरीले वडा स्वास्थ्य क्लिनिकको स्थापना गरेर मात्र नभई यसलाई निरन्तरता दिन प्राथािक स्वास्थ्य केन्द्र सरह वडा क्लिनिकबाटै सेवा सुविधाहरु दिन सके नागरिकहरुमा चुनावको बेला गरिएको प्रतिवद्धता पुरा हुने बताए । कार्यक्रमका विशेष अतिथी समेत रहेका रा.न.पा स्वास्थ्य प्रमुख गणेश अर्यालले वडा न ८ का सामान्य विरामीहरु उपचारका लागि टाढा जानपर्ने बाध्यता हटेको र आगामी दिनमा यस वडाको स्वास्थ्य क्लिनिकबाटै सेवाहरु उपलब्ध गराउन सुविधा सम्पन्न अस्पताल भवनका लागि २ करोड रकम स्वीकृत भएर आईसकेकाले वडाले जग्गा उपलब्ध गराउनुपर्ने बताएका थिए । उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका सभापति एवम वडाध्यक्ष आचार्यले आफु जनप्रतिनिधी भएर आई सकेपछि आफ्नो पहलमा नै पहिलो पटक राजापुर नगरपालिका कै सबै वडामध्ये पहिलो वडा स्वास्थ्य क्लिनिकको स्थापना गराउन सफल भएको बताउदै सहयोगका लागि ८ न का वडाबासीहरुलाई धन्यवाद व्यक्त गरेका थिए । साथै आगामी दिनहरुमा बर्थिङ सेन्टरको स्थापना गर्न र प्राथमिक स्वास्थ्य केन्द्र सरहकोे सेवा सुविधा दिनका लागि ८ न. वडाले कृषि ,स्वास्थ्य, र शिक्षालाई प्राथमिकतामा राखेर आफ्नो कार्यकालमा नै उदाहरणिय काम गरी देखाउने प्रतिवद्धता गर्दै गरेका थिए ।
उदघाटनका दिन ७२ वर्षिय जेष्ठ नागरिक आदीराम चौलागाई सहित ५ जनाको स्वास्थ्य जाचँ समेत गरिएको थियो । उद्घाटन कार्यक्रम वडा नं. ८ का जन प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, महिला स्वास्थ स्वयमसेविका, स्थानीय सरोकारवाला निकाय, पत्रकार लगाएत्को उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्:


Loading...
Loading...