वि.सं.   मङ्लबार, फाल्गुन १३, २०७६   तदनुसार  25 February 2020

धर्म प्रचार प्रसार गर्दे हिँडेका अमेरिकी नागरिक सहित दुई पक्राउ

        बअ सम्बाददाता   |   प्रकाशित मिति: आइतवार, असार ८, २०७६ ।    
Loading...

बाँसगढी, बर्दिया ।
इसाई धर्म प्रचार प्रसार गर्दै हिँडेका एक अमेरिकी र नेपाली नागरिक सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बाँसगढी नगरपालिका–४, अस्नेरीमा घरघरमा गएर धर्म प्रचारप्रसार गर्दै हिडेको अवस्थामा २१ वर्षीय अमेरिकी नागरिक ब्राडेली नाभार र बाँसगढी–४ का २७ वर्षीय हिरासिंह सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।

धर्म प्रचार प्रसार गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक मदनजित महराले जानकारी दिए । पक्राउ गरिएकाहरुको साथबाट धर्म प्रचार सम्बन्धी सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरु विरुद्ध धर्म सम्बन्धी कसुरमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ । ।

प्रतिक्रिया दिनुहोस्: