वि.सं.   मङ्लबार, कार्तिक २७, २०७५   तदनुसार  13 November 2018

धधवारमा यो हप्ता: जेष्ठ नागरिकलाई न्यानो कम्मलदेखी पृथ्वी जयन्तीसम्म

        बअ सम्बाददाता   |   प्रकाशित मिति: बुधबार, पुस २७, २०७३ ।    

धधवार, बर्दिया ।
पृथ्वी जयन्ती तथा माघी पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम धधवार गाबिसको आर्थिक सहयोग र धधवार युवा सञ्जालको आयोजनामा बुधवार सम्पन्न भएको युवा सन्जालका संयोजक महेश राम थारुले जानकारी दिनुभयो ।

त्यसैगरी पौष २६ गते धधवारमा बिभिन्न वडास्तरीय युवा समूह गठन गरिएको छ र केही गठनको प्रकृयामा रहेको जानकारी गराईएको छ ।हालसम्म वडा नं. ३, ४, ५, ७, ८ र ९ मा वडास्तरीय युवा गठन भइसकेको छ भने वडा नं.१, २ र ६ लाई पनि यहि पौष मसान्त सम्म गठन सकिने बताईएको छ ।

त्यस्तै पौष २५ गतेका दिन जेष्ठ नागरिक सञ्जाल,धधवार,बर्दियाको व्यवस्थापन र फाया नेपालको सहयोगमा धधवार गा.बि.स.भित्र रहेका अति बिपन्न वर्गका जेष्ठ नागरिकहरूलाई न्यानो कार्यक्रम मार्फत गाबिसको प्राङगणमा प्रतीव्यक्ति १ थान कम्मल, १ थान हातमा लगाउने उनको पञ्जा, १ थान उनको टोपी र २ जोडा मोजा वितरण गरिएको थियो  ।

प्रतिक्रिया दिनुहोस्: