वि.सं.   मङ्लबार, मंसिर ३, २०७६   तदनुसार  19 November 2019

दोस्रो चरणको निर्वाचन मिती नजिकीँदै गर्दा मतदाताहरु अन्यौलमा

        बअ सम्बाददाता   |   प्रकाशित मिति: बिहिबार, जेष्ठ २५, २०७४ ।    

भुरिगाउँ, बर्दिया ।
दुई दशकपछि स्थानीय तहको निर्वाचन हुनै लाग्दा ग्रामीण क्षेत्रका नागरिकहरुमा खुसी संगै केही पिर पनी बढ्न थालेको छ । आफ्ना प्रतिनिधीहरु आफैले चुन्ने अवसर आएको समयमा आफूले हालेको मत बदर हुने हो कि भन्ने चिन्ताले ग्रामिण क्षेत्रका बासिन्दालाई चिन्तीत बनाएको हो ।
यस पटकको स्थानिय तहको निर्वाचनको मतपत्र ठूलो भएको कारणले पनी मत बदर भएर जाने हो कि भन्ने चिन्ता बढेको स्थानियहरुले बताएका छन । उम्मेदवारहरु आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै घरघरमा आई रहेको भए पनी मतदान गर्ने विषयमा सिकाउन कोही नआएको स्थानियले गुनासो गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्:


Loading...