वि.सं.   सोमवार, असार २, २०७६   तदनुसार  17 June 2019

दोब्बर बढी मतले कैलाली-१ मा रेशम चौधरी निर्वाचित

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: मङ्लबार, मंसिर २६, २०७४ ।    

कैलाली।
दोब्बर बढी मतले कैलाली-१ मा रेशम चौधरी निर्वाचित भएका छन । टिकापुर काण्डका मुख्य योजनाकार भनेर प्रहरीले खोजीमा राखेका चौधरीले पाएको मतले सबैलाई अचम्मित पारेको मात्र होइन, अब के होला भन्ने सर्व चासोको बिषय बनेको छ।
कैलालीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा रेशम लाल चौधरीले ३४ हजार ३४१ मत ल्याउदै निर्वाचित भएका छन । उनको निकटम प्रतिश्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) कि मदन कुमारी शाहले १३ हजार ४०६ प्राप्त गरेकी छिन । उनिहरु बिच २० हजार ९३५ मतको मतान्तर रहेको छ।

कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा थारु सेन्टिमेन्ट भन्दा पनि टिकापुर घटनाको सेन्टिमेन्टलाई जोडर मतदान भएपछि रेशम चौधरी विजयी भएको विश्लेषण गरिएको छ । वाम गठबन्धनको तर्फबाट रेशम चौधरीका बुवा लालवीर चौधरी पनि यहि निर्वाचन क्षेत्रको प्रदेशसभा ‘क’ बाट उम्मेदवार बन्नुभएको थियो । त्यसैगरी प्रदेशसभा ‘क’ बाटै वर्तमान राज्य मन्त्री नेपाली कांग्रेसका जनकराज चौधरी पनि उम्मेदवार बन्नुभएको थियो । दुवै जना पराजित भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्:


Loading...