वि.सं.   बिहिबार, साउन ३, २०७५   तदनुसार  19 July 2018

देखेकै छौ नदिसंग जहिलेपनि बगर मिल्नुपर्छ… [ गजल ]

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०७४ ।    

गजलकार अन्जु स्मारिका (बर्दिया)

भन्नेले भन्छन् हैसियत मिल्नुपर्छ थर मिल्नुपर्छ ।
बोलीको प्रभाव र ब्यबहारको असर मिल्नुपर्छ ।

तिमीपनि मेरो आँशुमा पौडिएर देखाईदेउ प्यारा,
र भनिदेउ सम्बन्धमा सोचाईको स्तर मिल्नुपर्छ ।

यहाँ गन्तव्यमा एक्लै एक्लै हिडेर कोहि पुग्दैन,
देखेकै छौ नदिसंग जहिलेपनि बगर मिल्नुपर्छ ।

यो हावाका प्रत्यक झोक्कामा तिम्रो स्पर्श भेट्छु,
लाग्छ यो हावासंग मलाई प्रत्यक प्रहर मिल्नुपर्छ ।

 

प्रतिक्रिया दिनुहोस्: