वि.सं.   सोमवार, कार्तिक ५, २०७५   तदनुसार  22 October 2018

दुर्लभ सालक धमिराको गोलो भित्र एकैछिनमा हरायो

        बअ सम्बाददाता   |   प्रकाशित मिति: बिहिबार, पुस २१, २०७३ ।    

भुरिगाउँ, बर्दिया ।
बर्दिया राष्ट्रिय निकुञ्जको उत्तरी क्षेत्रमा पर्ने सुर्खेतको तरंगा राजकांडामा आईतवार आँखामा समस्या भएको दुर्लभ वन्यजन्तुमा सुचिकृत सालक फेला पर्यो । तरंगा राजकांडाबाट सालकलाई उद्धार गरि स्थानिय संरक्षणकर्मी चन्द्रकला बुढाले बर्दिया निकुञ्जमा बुझाउनुभयो ।
निकुञ्जले सालकको उपचार गरेर दुई दिनपछी निको भएको सालकलाई निकुञ्ज भित्र धमीराको घर नजिक छाडियो । त्यहाँ छाडिएको केही बेरमा धमिराको घर भएको ठाउँमा गोलो प्वाल बनाएर एकैछिनमा प्वालबाट सालक सुरक्षीत स्थान तर्फ गयो ।


दुई साता अघि पनि बर्दियाको सानोश्रीताराताल नगरपालिका ७ गंगावस्ती गाउँमा संरक्षित वन्यजन्तुमा सुचिकृत सालक फेला परेको थियो । सालक देखेपछि स्थानीयले जिल्ला वन कार्यालय बर्दियामा जानकारी गराएका थिए । वन कार्यालयले सालकलाई सुरक्षित उद्दार गरी बर्दिया राष्ट्रिय निकुञ्जमा बुझाए । सालकलाई बर्दिया राष्टिय निकुञ्ज भित्र छोडीएको थियो ।
सालकले खेतीबाली र उत्पादनलाई हानी नोक्सानी गर्ने किराहरु खाएर नियन्त्रण गर्दछ । सालकले एक बर्षमा करिब सात करोडभन्दा बढी किरा फट्यांग्रा खाने विश्वास गरिन्छ । सालकलाई किसानको साथी पनि भन्ने गरिन्छ । सरकारले बाघ, गैंडा, चितुवा, कस्तुरी, भालु र रातो हाब्रेसँगै सालकलाई पनि अति संकटापन्न जनावरको सूचीमा राखेको छ ।


बर्दिया राष्टिय निकुञ्ज आसपासमा रहेका मध्यवर्ति क्षेत्रका स्थानियवासीहरु पछिल्लो समय संरक्षण अभियामा जुटिरहेका छन् । सालक, कछुवा, गोही, बंदेल, चित्तल, अजिँगर लगायतका विभिन्न वन्यजन्तु गाउँमा देखेपछी निकुञ्जमा बुझाउने लहर बढीरहेको छ ।
निकुञ्जले मध्यवर्ति क्षेत्र घोषणा गर्नु अघि सम्म भरुवा बन्दुकको प्रयोग गरी विभिन्न वन्यजन्तुको चोरी शिकार गर्ने निकुञ्जका उत्तरी क्षेत्रमा पर्ने सुर्खेतको तरंगा, लेखपराजुल, हरीहरपुर र छिन्चु गाउँ विकास समितीका स्थानियवासी पछील्लो समय संरक्षण अभियानमा जुटेका छन् ।
त्यस क्षेत्रमा निकुञ्जले मध्यवर्ति क्षेत्र घोषणा गरे संगै स्थानिय उपभोक्ता र चोरी शिकार नियन्त्रण युवा परीचालन अभियानका युवाहरुको पहलमा चोरी शिकारमा प्रयोग भएका झण्डै २ सय ५५ भरुवा बन्दुकहरु निकुञ्जमा बुझाएपछी संरक्षण अभियान जुटी रहेका छन् निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश थापाले भन्नुभयो ।
वन तथा भूसंरक्षण मन्त्रालयको सालक सर्वेक्षणको टोलीले जिल्लाहरुमा गरेको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा हाल ४३ जिल्लामा सालक रहेको पाइन्छ । सालकलाई संकटापन्न सूचीमा राखेपनि जिल्ला मात्र होइन नेपालमै सालकको संख्याको बारेमा तथ्याङ्क छैन ।
सालक विश्व मै बढी चोरी सिकार हुने प्रजाती मध्येको एक हो । सालकको अवैधरुपमा शिकार, कारोबार गर्नेलाई ५ देखि १५ वर्षसम्म कैद वा ५० हजारदेखि १ लाखसम्म जरिवाना सहित दण्ड सजाय हुने कानुनी प्रावधान छ । सालक विषेशगरी भारत, चीन लगायत एसियाली राष्ट्र र अफ्रिकाका उष्णभूभागमा पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्: