वि.सं.   आइतवार, कार्तिक ४, २०७५   तदनुसार  21 October 2018

दुई तिहाइको सरकार छ प्रधानमन्त्री किन डराउनुभा’छ? : कोईराला

        बर्दिया अनलाईन   |   प्रकाशित मिति: बुधबार, साउन ९, २०७५ ।    

गुलरिया/ बर्दिया
नेपाली कांगे्रसका नेता शेखर कोइरालाले नेपाली जनता,डा. केसी र सरकार तिनै पक्षको चित्त बुझाएर नँया ढंगले अघि बढ्नु पर्ने बताएका छन । प्रेस यूनियन बर्दियाले सदरमुकाम गुलरियामा मंगलबार गरेको पत्रकार सम्मेलनमा बोल्दै कोईरालाले सत्याग्रहीको जीवन मरणको अवस्थामा सरकारले गैरजिम्मेवारी पन देखाएको बताए । माथेमा आयोगको प्रतिवेदन हुबह कार्यान्वयन हुनु पर्छ भन्नेमा आफु नरहेको भन्दै उनले चिकित्सा विधेयक सम्बन्धि वली सरकारले ल्याएको अध्यादेश संसदमा छलफल गराउन आग्रह गरे । ‘आफैले हस्ताक्षर गरेको अध्यादेशमा पनि आज के बाध्यता पर्‍यो प्रधानमन्त्री वलीजिलाई ?’ उनले प्रश्न गर्दै भने ‘त्यही अध्यादेशलाई संसदमा छलफल गराइदिनुस, २ तिहाईको सरकार छ केही न केही निचोड त निस्कन्छ, किन तपाईहरु डराउनुहुन्छ ?’

यसैबिच बर्दियाको राजापुरमा नेपाली काङ्रेसका केन्द्रिय नेता डा. शेखर कोईराला र पूर्व सिँचाई मन्त्री संजय कुमार गौतमले नेपाली काङ्रेसका कार्यकर्तासँग भेटघाट गरेका छन । वर्तमान राजनितिक अवस्था र राजापुर क्षेत्रका विभिन्न समस्या तथा राजापुर विकासको सम्भावनाका वारेमा कार्यकर्ताहरुसंग छलफल गरेका थिए । बर्दिया उद्योग वाणिज्य सघं राजापुरमा भएको भेटघाट तथा छलफलमा नेता कोईरालाले पुरानो बजार राजापुरले ठुलो सम्भावना बोकेको र नेपालको ठुलो जनसंख्यालाई यहाँको कृषि क्षेत्रले पालेको बताए ।

भेटघाट तथा छलफलमा क्षेत्रिय सभापति दिपक जंग शाह, जिल्ला पाटी सभापति हिमालय कर्माचार्य, नगर कमिटी पदाधिकारी, बर्दिया उद्योग वाणिज्य संघका पदाधिकारीहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्: