वि.सं.   बुधबार, असार ६, २०७५   तदनुसार  20 June 2018

दिपावलीको पूर्वसन्ध्यामा शिवपुरमा बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न

        सौगात श्रेष्ठ   |   प्रकाशित मिति: बुधबार, कार्तिक १, २०७४ ।    

ठाकुरबाबा, बर्दिया ।
लामो समयको प्रतिक्षापछि जब चर्चित गायक कमल बि.सि. माल्दाई स्टेजमा उक्लिए तब ठाकुरबाबा नगरबासीले उखर्माउलो गर्मी समेत बिर्सिए । कमल बि.सि. माल्दाई लगायतको प्रस्तुती हेर्ने र रमाउने मेसो जुराइदिएको थियो खोकरपुर नाका संरक्षण उप समितीले ।
शिवपुर एकिकृत उप–समितीको आर्थिक सहयोगमा खोकरपुर नाका संरक्षण उप समिती, बर्दियाले शुभदिपावलीको उपलक्ष्यमा आयोजना गरेको बृहत साँस्कृतिक कार्यक्रममा स्थानिय तथा राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुती हेर्न गर्मीको प्रवाह नगरी ठाकुरबाबा नगरपालिका–६, स्थित जनज्योती माद्यमिक विद्यालयमा दर्शकहरु भेला भएका थिए ।
निर्धारित विहान ११ बजेको समय भन्दा केही समय ढिलो गरी सुरु भएको कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुती सुरु हुँदा एकाएक माहोल तात्न पुग्यो । दिउँसोको गर्मी पनी नभनी दर्शकहरु स्थानिय तथा राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुती हेर्न भेला भएका थिए । चर्चित गायक कमल बि.सि. माल्दाई स्टेजमा प्रवेशसँगै भगवानलाई झुक्ने गराउँछु लगायतका गितहरु गाउँदै दर्शकलाई नचाए । कमल बि.सि.ले आफ्नो प्रस्तुती सक्दा नसक्दै युवा पुस्ता माझ चर्चित अर्का गायक ऋषी खड्काले तोरीबारीमा भन्दै आफ्नो गीत प्रस्तुत गर्दा मञ्चको बाताबरण उल्लासमय बनेको थियो ।


कार्यक्रमको बिचमा गायक जिवराज पौडेलको गितमा दर्शक रमाउँदै गर्दा खगेन्द्र नेपाल र अनिल शाहीको निर्देशनमा महेश थारु, निर्मला परियार, नितु राजख्वान, सुशीला गिरी संगै स्थानिय कलाकारहरुको नृत्यले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएको थियो । कार्यक्रमको संचालन रेडियो प्रस्तोता छवी खड्काले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्: