वि.सं.   शुक्रबार, भदौ १, २०७५   तदनुसार  17 August 2018

दलिद भएकै कारण दुध नबिकेपछि किसानहरु चिन्तित !

        छापाबाट   |   प्रकाशित मिति: बिहिबार, माघ ११, २०७४ ।    

बागलुङ ।
बागलुङको काठेखोला गाउँपालिका–२ साबिक भिमापोखरा गाविसका दलित किसानहरुले उत्पादन गरेको दुघ विक्रि नभएपछि चिन्तित बनेका छन् । आफुहरुले उत्पादन गरेको दुघ र दुधजन्य सामग्री विक्रि नभएपछि उनिहरु चिन्तित बनेका हुन् ।
भिमपोखराका ४२ बर्षका चिन्तामणी सुनारले दुईवटा भैसी पालेका छन । गाउँमै दुग्ध सहकारी भएपनि दलित भनेर दुघ सहकारीले लिन नमानेपछि उनले दुघबाट घिउँ बनाएर मोही मलखादमा फाल्दै आएका छन । तर दलित भएकै कारण उनले उत्पादन गरेको घिउँ पनि विक्रि नहुँदा उनलाई झन चिन्ताले सताएको छ ।
उनी भन्छन- ‘दलितका दुध गाउँमा चलाउन गाह्रो हुन्छ भनेर सहकारीले हाम्रो दुध मिसाउन मान्दैनन । हाम्रो दुध पनि मिसाईदिए छोराछोरीले कापी कलम किन्थे, नुन चिनी किन्न समस्या हुनिथिएन।’ गाउँका मानिसहरुले दुध विक्रि गरेर १० हजार कमाए भनेर सुनाउँदा पनि उनको मन अमिलो हुन्छ । ‘गाईबस्तु पालौँ भने दुध बिक्दैन, ज्याला मजदुरी र खेतीपाती गर्नुको अरु विकल्प छैन’ भन्दै उनी थप्छन- ‘अरुले जस्तै गरी दुध विक्रि गर्न पाए व्यवसायिक रुपमै पशुपालन गर्ने ठुलो चाहना छ।’
चिन्तामणी जस्तै भिमपोखरामा कयौँ घरपरिवारहरुले उत्पादन गरेका दुध विक्रि गर्न नपाउदा भित्रभित्रै तड्पन्छन् तर उनीहरुको इच्छा कहिलै पुरा नहुने बताउछन् । त्यस ठाउँमा रहेको एक सहकारीमा बारम्बार दुध मिसाउन पाउनुपर्छ भनी आन्दोलन गरेकाले नै सहकारीमा भएका २ जनाको शेयर समेत निकालिदिएको गुनासो उनिहरुको छ । यो खबर हामीले नेपाल समाचारपत्रबाट लिएका हौँ ।

प्रतिक्रिया दिनुहोस्: